FLASH NEWS
  • Loading...

म्याग्दीका ग्रामिण भेगमा लक डाउन पालना भएन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०० पटक पढिएको
म्याग्दीका ग्रामिण भेगमा लक डाउन पालना भएन

विश्वभर फैलिएको महामारी कोरना भाईरस (कोझिड–१९) को संक्रमणबाट ब्यत्ति–ब्यक्ति विच दुरी कायम गरी फैलन नदिन लागु गरिएको ‘लक डाउन’ ग्रामिण भेगमा प्रभावहीन देखिएको छ ।

महामारीको रुपमा विश्वभर फैलिरहेको ग्रामिण क्षेत्रमा कोरना भाईरस (कोभिड–१९) को संक्रामण र उत्पन्न हुन सक्ने भयावह परिस्थितीलाई बुझ्न नसक्दा ग्रामिण भेगमा स्थानीयले लक डाउनको ब्यापक उल्लङ्गन गरेका छन । यसरी लक डाउन उल्लङ्गन गर्नेमा बढी पुरुष युवा समुदाय र यातायात ब्यवसायी बढी अनुसाशनहीन देखिएका छन ।

‘ग्रामिण भेगमा अर्न्तराष्ट्रिय श्वास्थ्य विपत्तिले उत्पन्न गरेको विकराल समस्यालाई बुझ्ने तत्पराता देखिएन । खासगरी पुरुष युवा समुदाय समुहमा जम्मा हुने, चोकमा भेला भै क्यारिमबोर्ड खेल्ने, अनुमति नभएका सार्वजनिक यायातायतका साधन निर्वाध चल्ने गरेको भेटियो’ लकडाउनको प्रभाव अनुगमन गर्न पश्चिम मालिका गाउँपालिका केन्द्र दरवाङ्ग पुगेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘धेरैलाई सम्झाएका छौं । कोरना भाईरस संक्रमण रोक्न जानेवुझैकै समुदायबाट भएका गतिविधीले असहयोग देखियो । थप कडाई गर्नु पर्ने देखिन्छ ।’

कोरना भाईरस संक्रमण रोक्न लक डाउन गरी स्थानीय प्रशासनले स्थानीय सरकारसँगको सहकार्यगरी जिल्लाका सवै ४५ वटै वडामा रहेका वडाध्यक्ष समेत ५ जना जनप्रतिनिधीको अगुवाईमा वडा सचिव, अन्य कर्मचारी परिचालन गरी हालै विदेशबाट फर्केका जिल्लाबासी खोजी गरी स्वास्थ्य अवस्थाको तथ्याङ्ढ संकलन भैरहेको छ । केही आफै अस्पतालको सम्पर्कमा आएका छन, केही सेल्फ क्वारेन्टाईनमा रहेको प्रशासन कार्यालयले जनाएको छ ।

‘दुरदराजका मात्र होईन पढेलेखेका र शिक्षित सहरियाहरुले नै समस्याको गम्भीरतालाई बुझ्न नसकेको र हेलचक्राई गरेको देखिन्छ’ प्रजिअ ढकालले भने, ‘बुधवार दिउँसो २ बजेसम्म जिल्लामा संक्रमण भएको वा आशंका गरिएका विरामी फेला परेका छैनन । तर पिपिआई जस्ता ड्रेस र सुरक्षित अन्य उपकरण जिल्लामा नहुँदा श्वास्थ्यकर्मीहरु समेत कोरना संक्रमण आशंका गरिएका विरामीको श्वास्थ्य परिक्षण गर्न डराएको अवस्था छ ।’

आईसोलेसन कक्ष स्थापना

कोरना भाईरस संक्रमित विरामी जिल्लामा फेला नपरेपछि संभावित परिस्थितीको सामना गर्न जिल्ला तहमा पनि सक्दो तयारी भएका छन ।

कोभिड–१९ रोगको लक्षण देखिएका वा आशंका गरिएका विरामीलाई क्यारेन्टाईन/आईसोलेसनमा राख्न सदरमुकाम बेनीमा एक निजी विद्यालयले प्रयोग गर्न छोडेको पुराना भवनमा कोरना विशेष आईसोलेसन कक्ष स्थापना गरिएको छ । आवश्यक परे अर्को विद्यालयमा पनि क्वारेनटाईन/आईसोलेसन कक्ष स्थापना गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ ।

सदरमुकामबाहेक स्थानीय सरकारहरुले पनि कोरना–१९ रोगको आशंका गरिएका विरामीलाई क्वारेन्टाईनमा राख्न अन्नपूर्ण गाउँपालिकाले स्थानीय सर्वोदय माविको भवन, मालिका गाउँपालिकाले जनप्रीय मावि भवन र अन्य स्थानीय तहले पनि अनुकुल सामुदायकी भवनमा वेड राखेर क्वारेन्टाईन कक्ष बनाएका छन ।

‘त्रासदीपूर्ण कोरना भाईरस संक्रमणको संभावित जोखिमलाई मध्यनजर गरी सर्वोदय माविलाई क्वारेन्टाईन सेन्टरको रुपमा प्रयोग गर्ने सहमति भएको छ । तातोपानीमा स्वास्थ्य परिक्षण पनि थालेका छौं । लक डाउनलाई प्रभावकारी बनाउन स्थानीय तहले पनि सकृय बनाएका छौं’ अन्नपूर्ण गापाको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल