- Loading...
कसरी उकास्न सकिन्छ शरीरको प्रतिरोधात्मक क्षमता?
- पुनहिल डट कम
- ५ साल अघि
- १९८ पटक पढिएको

हाम्रो रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) भन्नाले हाम्रो शरीरले विभिन्न रोगसँग लड्ने क्षमता हो। यो क्षमता राम्रो भएकै कारण हामी संक्रमण र रोगहरूबाट बचेका हुन्छौं।
रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई विभिन्न किसिमका रोग लाग्ने तथा संक्रमण चाँडो हुन्छ। यसकारण प्रतिरोधात्मक क्षमता बढाउन खानेकुरामा विशेष ध्यान दिनुपर्छ।
कुनै पनि खानेकुराले ‘जादू’ जसरी वा ग्यारेन्टीका साथ हाम्रो प्रतिरोधात्मक क्षमता त बढाउँदैन। तर पोषिलो तथा सन्तुलित खाना नियमित खाँदा र स्वस्थ जीवनशैली अवलम्बन गर्दा मद्दत भने पुग्छ। सन्तुलित खाना भन्नाले शरीरलाई आवश्यक पर्ने सबै पोषक तत्व मिलाइएको खाना हो। अहिले तपाईंहरू घरमा बसेका बेला भनेर अत्यधिक खानेकुरा नखानुस्।
हरियो सागसब्जी तथा तरकारी, प्रशस्त प्रोटिन भएका गेडागुडी, कागती, अमला, भोगटे, सुन्तला जस्ता अमिलो जातका फलफूलले प्रतिरोधात्मक क्षमता बढाउन सघाउँछ। हामीले घरमै भएका सामानको मात्रा मिलाएर खान सकिन्छ। जस्तैः बेसार, मह, घ्यु, अदुवा, दालचिनीको र मरिचको धूलोलाई तातोपानीमा मिलाएर खाएमा सामान्य समस्या रुघाखोकी, कफमा राहत मिल्छ भने जटिल रोग लाग्नबाट बचाउन पनि धेरै सहयोग गर्छ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सरसफाई, व्यायाम, योगले पनि ठूलो भूमिका खेल्छ। यसका साथै आफ्नो तनाव पनि कम गर्नुपर्छ। यति बेला कोरोना भाइरसले सबैलाई तर्साएको छ। व्यापार-काम बन्द छ। यस्तोमा तनाव बढ्न सक्छ जसले रोग सम्भावना बढाउँछ। त्यसैले तनावमुक्त रहने प्रयास गर्नुपर्छ। निद्रा पनि राम्ररी पुर्याउनुपर्छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
