Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

‘मौसमी फ्लुको समय हो, रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८८ पटक पढिएको
‘मौसमी फ्लुको समय हो, रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन’

खासगरी कोरोनाभाइरस र अन्य रोगको लक्षण पनि उस्तै हुने गरेकोले बिरामीहरू बढी आत्तिएको पाइएको चिकित्सकहरूको अनुभव छ।

तर मार्च/एप्रिल महिना मौसमी रुघाखोकी देखापर्ने भएकोले रुघाखोकी वा सामान्य ज्वरो देखा पर्दैमा कोरोनाभाइरस सङ्क्रमणको आशङ्कामा अस्पताल गइहाल्नु नपर्ने शुक्रराज शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रका चिकित्सक डा. शेरबहादुर पुनले बताए।

“अहिलेको मौसम मौसमी रुघाखोकीको हो। यस्तो बेला रुघाखोकी लाग्नु स्वाभाविक हो। हामी कोरोनाभाइरस भनेर होइन कि विगतमा जस्तै स्वाइनफ्लु, हङकङफ्लु हुनसक्छ। त्यसबारे उपचार गर्ने हो,” डा. पुनले भने।

मौसमी रुघाखोकी र ज्वरोबाट बच्ने उपाय

नेपालमा वर्षमा दुईपटक जाडो याम सकिएपछि चैत्र बैशाखतिर र बर्खा सकिने भदौतिर भाइरसका कारण हुने बिमारी बढ्ने गरेको छ।

यसपटक रूघाखोकी लगायत भाइरस र ब्याक्टेरीयाका कारण हुने सङ्क्रमणका बिरामीहरू ठूलो मात्रामा अस्पताल पुगेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा. शेरबहादुर पुन बताउँछन्।

मौसमी भाइरल ज्वरो र डेङ्गीका धेरै लक्षणहरू मिल्ने भएकाले रोग पहिचान गर्न सतर्क हुनुपर्ने उनी बताउँछन्।

डा. पुन भन्छन्: “बिरामीलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र टाउको दुख्ने जस्ता लक्ष्ण देखिन्छन।”

“धेरैले डेङ्गीकै शङ्का गर्छन् तर हामीकहाँ आएका धेरै बिरामीलाई भाइरल ज्वरोले सताएको, टाइफाइड वा स्क्रब टाइफस लागेको भेटिएको छ।”

लक्षण
–    ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी)
–    टाउको दुख्ने
–    घाँटी दुख्ने
–    रुघाखोकी लाग्ने
–    श्वास फेर्न गाह्रो हुने
–    बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ

बच्ने उपाय
–    खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं।
–    साबुन पानीले मिची मिची हात धुने गरौं।
–    पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं।
–    ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं।
–    आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं।
–    ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं।
–    शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै वसौं।
–    आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाऔं।
–    सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने।
–    अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं।
–    नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने।

कोरोनाभाइरसको शङ्का कहिले गर्ने?

कोरोनाभाइरसको लक्षण पनि अन्य फ्लुसँग मिल्दोजुल्दो भएकोले मानिसहरूलाई शङ्का लाग्नु स्वभाविक भएको उनी बताउँछन्।

तर खोकी लागेको, ज्वरो आएको र छाती दुखेको वा सास फेर्दा असजिलो भएको महसुस भए मात्रै कोरोनाभाइरसको सङ्क्रमण हुन सक्ने उनी बताउँछन्।

“तर त्यसमा पनि पछिल्लो दुई सातामा कुनै पनि सङ्क्रमण देखापरेको देशबाट उक्त मानिस आएको छ वा ती देशबाट आएका मानिसको नजिक पुगेको छ भने मात्रै कोरोनाभाइरसको शङ्का गर्ने हो,” उनले भने।

जनस्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा वैज्ञानिक डा. समीरमणि दीक्षित पनि मानिसहरू रुघाखोकी लाग्दैमा कोरोनाभाइरसको शङ्का गर्न नहुने बताउँछन्।

“पछिल्लो समय खासगरी बच्चाहरूलाई रुघाखोकी लागेपछि आमाबुवा डराएको देखिन्छ। बच्चामा त कोरोनाभाइरसको सङ्क्रमण हुने खतरा एकदमै कम हुन्छ,” दीक्षितले बीबीसीलाई भने।

खासगरी ज्वरो आएको, खोकी लागेको र उमेर ६० नाघेको भए मात्रै जोखिम बढी हुने उनी बताउँछन्।

मौसम परिवर्तन भएसँगै पनि कतिपय मानिसले कोरोनाभाइरसको सङ्क्रमणको जोखिम बढेको हो कि ठान्ने गरेको बताइन्छ।

तर डा. दीक्षित भन्छन्, “पानी पर्‍यो वा मौसम चिसो भयो भनेर डराउनु पर्दैन। चिसो मौसममा भाइरसको सङ्क्रमण हुनसक्ने जोखिम धेरै रहन्छ। तर यसलाई हाम्रो सन्दर्भमा हेर्नु आवश्यक छैन। मौसमी रुघाखोकीको समय भएकोले त्यस्तो बेला घरेलु उपचार गर्दा पनि हुन्छ।”

बीबीसी न्यूज नेपाली

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल