त्यसै विच अन्नपूर्ण गाउँपालिकाले विश्वब्यापी त्रास सृजना गरिरहेको कोरना भाईरसको संक्रमण शंका लागेका विरामीलाई भुरुङ्ग तातोपानी स्थित सर्वोदय मावि भवन उपयोग गरी क्वारेन्टाईनमा राखिने भएको छ ।
अन्नपूर्ण गापाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीका अनुसार कोरना भाईरसको संभावित जोखिमलाई मध्यनगर गर्दै विद्यालय र गाउँपालिका विच प्रकोप नियन्त्रण तथा रोकथामकाागी विद्यालय भवनलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने सहमती पत्रमा हस्ताक्षर भएको हो ।