Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नागरिकता, राहदानी, मालपोत समेत सवै सेवा वन्द

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३८८ पटक पढिएको
नागरिकता, राहदानी, मालपोत समेत सवै सेवा वन्द

सरकारले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायीक तथा निजी सेवा प्रदायकले अत्यावशेक सेवा बाहेकका सेवा वन्द गर्ने निर्णय अनुसार सोमबारदेखी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी, पेन्सनका शिफारिस समेतका सेवा वन्द गर्ने भएको छ ।
त्यसैगरी मालपोत, नापी, कृषी, पशु, शिक्षा, प्राविधिक कार्यालय र नगर/गाउँपालिकाहरुले पनि सोमबारदेखी गोष्ठी, वैठक समेतका सवै कार्यक्रम र सेवा वन्द गर्ने भएका छन । तर कर्मचारीहरु भने उच्च सतर्कतासहित कार्यालयमा उपस्थित हुने छन ।
‘प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता प्रमाण पत्र, राहदानी शिफारिस, पेन्सपट्टा सम्बन्धी सवै सेवा सोमबारदेखी अनिश्चितकालिन वन्द गरेका छौं’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘अन्य सरकारी, गैहसरकारी तथा निजी क्षेत्रका कार्यालयहरुलाई पनि अति आवश्यक सेवा बाहेक सवै सेवा तत्काल वन्द गर्न निर्देशन गरेका छौं ।’
मुक्तिनाथ र कागवेनीमा पुजा वन्द
विश्वभर आतंक मच्चाएको कोरना भाईरस (कोभिड–१९) संक्रमण रोक्न हिमालपारीको जिल्ला मुस्ताङ्गमा अवस्थित मुक्तिनाथ र कागवेनीमा यस वर्ष चैते दशैंमा हुने धार्मिक मेला तथा  पुजा वन्द गरिएको छ ।
यसैगरी मुस्ताङ्ग भरीका मन्दीर तथा गुम्बामा गरिने नृत्य पुजाबाहेकका सवै धार्मिक कार्यक्रम गर्न पनि रोक लगाईएको मुस्ताङ्ग प्रशासनले जनाएको छ । चैत कृष्णपक्ष र चैते दशैंमा कागवेनी पुगी श्राद्ध गरी पितृलाई पिण्डपानी चढाउँदा पृतात्मालाई मोक्ष प्राप्ती हुने जनविश्वास छ ।
‘कोभिड–१९ को संक्रमण रोक्न नियमित फुजा बाहेक चैते दशैंमा कागवेनी र मुक्तिनाथमा हुने सवै धार्मिक कार्यत्रममा रोक लगाईएको छ । सकेसम्म आन्तरिक तथा बाहृय पर्यटकलाई मुस्ताङ्ग घुम्न ननिस्किन पनि आग्रह गरेका छौं’ मुस्ताङ्गका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले भने, ‘मुस्ताङ्ग भित्रने सवै नाकामा ज्वोरो तथा रुघाखोकी परिक्षण यथावत गरिएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल