- Loading...
कोभिड–१९ त्रासमा पनि दादुरा–रुवेला खोप संञ्चालन गरिने
- पुनहिल डट कम
- ४ साल अघि
- १९२ पटक पढिएको
![IMG_20200321_084406 कोभिड–१९ त्रासमा पनि दादुरा–रुवेला खोप संञ्चालन गरिने](https://www.punhill.com/wp-content/uploads/2020/03/IMG_20200321_084406.jpg)
जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आगामी चैत १०–१८ र २१–२९ गतेसम्म दुई चरणमा संञ्चालन गरिने दादुरा–रुवेला खोप अभियान यथावत संञ्चालन गर्ने भएको छ ।
सरकारले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायीक तथा निजी सेवा प्रदायकले अत्यावशेक सेवा बाहेकका सेवा वन्द गर्ने निर्णय गरेको भएपनि दादुरा–रुवेला विरुद्धको खोप संञ्चालन गरिने भएको हो । स्वास्थ्य कार्यालयले चैत १०–१९ गतेसम्म धौलागिरी, मालिका र मंगला गाउँपालिका तथा चैत २१–२९ गतेसम्म बेनी नगरपालिका समेत रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका ९ महिनादेखी ५ बर्ष उमेर सम्मका ९ हजार ३ सय ५२ जना बालबालिकालाई दादुरा–रुवेला खोप संञ्चालन गर्न लागेको हो । जिल्लाका ३ सय ६५ वटा खोप केन्द्रमा ७ सय ४० जना स्वयंम सेवक र २ सयबढी स्वास्थ्यकर्मी परिचालित भै खोप संञ्चालन गरिने छ ।
खोप कार्यक्रम गर्दा कुनै भीडभाड नहुने र वस्ती–वस्ती तहमा पुगेर हरेक वालवालिकालाई एक्ला एक्लै राखेर सुरक्षित खोप संञ्चालन गरिने भएकोले कोरना भाईरस (कोभिड–१९) संक्रमणको संभावना नरहने श्वास्थ्य कार्यालयले शनिवार संञ्चारकर्मीसँग अर्न्तक्रिया गरी जानकारी गराएको छ ।
‘कोरना भाईरस संक्रमणबाट बच्ने उपायहरुको पूर्णपरिपालना गर्दै एक पटकमा एक जना बालबालिकालाई मात्र खोप लगाउने गरी अभियान सञ्चालन गर्छौ । पहाडमा पातलो वस्ती रहेकोले कोरना भाईरसको त्रास विचपनि दादुरा–रुवेला खोप लगाउन अभिभावक आउने विश्वास गरेका छौं’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘यत्रो राष्ट्रिय/अर्न्तराष्ट्रिय स्वास्थ्य संकटकालको वेला चलाईने भएकोले खोप अभियानमा कोरना भाईरस संक्रमण नहुने गरी सुरक्षा अपनाएका छौं ।’
बालबालिकामा हुने अन्धोपन, झाडापखला, कान पाक्ने, न्युमोनिया, एसेल्फाईटिस जस्ता संक्रमण र रोगबाट बचाउन दादुरा–रुवेला खोप अति जरुरी छ । सरकार दादुरा–रुवेला रोग सँधैकालागी निवारण गर्ने अभियानको अन्तिम अवस्थामा रहेकोले कोभ–१९ को त्रास र संकटवीच खोप यथावत राखिएको हो ।
![फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड](https://www.punhill.com/wp-content/uploads/2025/01/IMG_9429-500x350.jpg)
फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)