म्याग्दीको दग्नाममा जीप दुर्घटनाहुँदा नौ घाईते, गम्भीर ४ जनालाई पोखरा रिफर गरियो

७ चैत्र २०७६, शुक्रबार १०:२९ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

रघुगंगा गाउँपालिका, ४ दग्नामको कान्छि गाउँबाट बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बर प्लेटको वोलेरो जीप शुक्रवार विहान ९ अन्दाजी बजे दुर्घटनाहुँदा सवार ९ जना घाईते भएका छन ।
घाईतेहुनेमा स्थानीय मिनीज पुन (९), हम्मायाँ पुन (३३), भदेवी गर्वुजा (४१), मनबहादुर तिलिजा (५०), सुकमायाँ गर्वुजा (३६), युवी गर्वुजा (७) वर्षा शेरपुजा (४), तविना शेरपुजा (१२) र असिम गर्वुजा (५) बर्षका छन ।
घाईतेको बेनी अस्पतालमा उपचार भैरहेको छ । सिरियस घाईते मिनीज पुन र भदेवी गर्वुजालाई थप उपचारकालागी हेलिकोप्टरबाट पोखरा पुर्‍याईएको प्रहरीले जनाएको छ । उपचार क्रममा थप स्वास्थ्य गम्भीर भएका हम्मायाँ पुन र मनबहादुर तिलिजालाई थप उपचारकालागी  पोखरा रिफर गरेको अस्पतालले जनाएको छ । जीप चालक  पूर्णबहादुर शेरपुजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘घट्नाको अनुसन्धान भैरहेको छ । रोकी राखेको जीपमा चढेका बालबालिकाले गियर चलाउँदा आफै गुड्दै सडकदेखी तल खसेको प्रारम्भिक अनुमान गरेका छौं’ प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले भने, ‘चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं । घाईते सवै दग्नामका मात्र हुन वा अन्य गाउँका पनि छन, पहिचान गरिरहेका छौं ।’