लोकसेवाका परीक्षा स्थगित

६ चैत्र २०७६, बिहीबार १६:०१ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

लोकसेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको बिहीबार बसेको बैठकले चैत ८ गतेदेखि हुने भनिएका लिखित परीक्षा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी विज्ञप्तिमा संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी लिखित परिक्षा स्थगित गर्ने निर्णय गरेको उल्लेख छ।zनिजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम थिए।