Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

एसईई परिक्षा स्थगितपछि अन्नपूर्ण, धौलागिरी र रघुगंगा गाउँपालिकाले विद्यार्थीलाई राहत दिने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९४ पटक पढिएको
एसईई परिक्षा स्थगितपछि अन्नपूर्ण, धौलागिरी र रघुगंगा गाउँपालिकाले विद्यार्थीलाई राहत दिने

कोरना भाईरस संक्रमणको त्रास थप बढेसँगै विहिवारदेखी एसईई परिक्षा स्थगित भएपछि परिक्षा केन्द्र पुगेका विद्यार्थीलाई घर फर्कन स्थानीय सरकारले आर्थिक राहत दिने भएका छन ।
अन्नपूर्ण, धौलागिरी र रघुगंगा गाउँपालिकाले एसईई परिक्षामा सम्मिलिन हुन दुई/तीन दिन अघि देखी नै घर छोडेर अर्को गाउँमा डेरागरी वसेका विद्यार्थीलाई घर फर्कन आर्थिक राहतको घोषणा गरेका हुन ।
अन्नपूर्ण गाउँपालिकाले एसईई परिक्षा स्थगित भएपछि अन्यौलमा परेका सवै एक सय ६८ जना विद्यार्थीलाई परिक्षा केन्द्रबाट घर फर्कन र होटलबासको खर्च स्वरुप प्रति विद्यार्थी १ हजारका दरले आर्थिक राहत दिने भएको छ ।
हाम्रा सवै विद्यार्थी एसईई परिक्षामा सम्मिलित हुन घर छोडेर परिक्षा केन्द्र नजिक होटलमा बस्नु पर्ने अवस्था छ । पुरै खर्च ब्यहोर्न संभव नभएपनि प्रति विद्यार्थी घर फर्कन एक हजार आर्थिक राहत दिने निर्णय गरेका छौं अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सवेदीले भने, ‘स्थानिय पालिका भिक्र रहेको मुत्तिमार्ग मावि परिक्षा केन्द्रमा १ सय १८ जना र मुक्तिमार्ग, आदर्श र हिमाञ्चलगरी ३ वटा विद्यालयका ५० जना विद्यार्थी परिक्षामा सम्मिलित हुन सदरमुकाम पुगेका छन ।
त्यसैगरी दुर्गम धौलागिरी गाउँपालिकाले पनि परिक्षा स्थगित भएपछि घर फर्कन विद्यार्थीलाई बाटो खर्च र परिक्षा केन्द्रमा रहँदाको होटलवास खर्च वापत प्रति विद्यालयलाई एक मुष्ठ १० हजारका दरले आर्थिक राहत दिने बताएको छ ।
धौलागिरी गाउँपालिकाको सवै भन्दा दुर्गम गुर्जा स्थित जनकल्याण माध्यामिक विद्यालयका विद्यार्थी नजिकको हेम मावि परिक्षा केन्द्रमा एसईई परिक्षामा सम्मिलित हुन ८ घन्टा परै हिउँ छिचोल्दै आएका थिए ।
घरबाट परिक्षामा सहभागी हुने ताकम माध्यामिक विद्यालय बाहेक घर छोडेर परिक्षा केन्द्रमा होटलवास वसेका विद्यार्थीको खाजा, खाना खर्च वापत प्रति विद्यालयल १० हजार राहत दिने निर्णय गरेका छौं धौलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले भने, ‘अघिल्लो दिन परिक्षा स्थगित हुँदा ८ घन्टासम्म हिउँको पहाड उक्लेर परिक्षा केन्द्र पुगेका विद्यार्थीलाई अझ वढी तनाव भएको छ । संसारभर महामारीको रुपमा फैलिरहेको कोरना संक्रमणबाट वच्नु ठूलो मानेर धैर्य गर्न विद्यार्थी, अभिभावक र शिक्षकमा आग्रह छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल