आज:  | Tue, 28, Jun, 2022

मालिकाको रातढुंगामा दुई डोजरमा आगलागी

३ चैत्र २०७६, सोमबार ११:१७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
मालिका गाउँपालिका, ६ रातोढुङ्गामा अज्ञात समुहले गएराती १२ बजेतिर बेनी–दरवाङ्ग सडक स्तरउन्नत गर्ने काममा प्रयोग भएका जेसिभी र स्काभेटरमा आगोलागी गरेको छ । बेनी–दरबाङ सडकखण्ड अन्र्तगत बावियाचौरदेखि दरबाङ सम्मको सडक कालोपत्रे योजनामा परिचालित केराभान कन्सट्रक्सनको जेसीभि र स्काभेटरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जेसिभि पूर्ण रुपमा क्षति भएको छ । स्काभेटरको मध्ययम क्षति भएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । म्याग्दी नदीको किनारमा पार्किङ गरि राखिएका दुबै डोजरमा आगलागी भएपछि प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीको करिब साढे १ घण्टाको प्रयासपछि आगलागीलाई नियन्त्रणमा ल्याईएका थिए । ‘डोजर र स्काभेटरमा विप्लव समुहमा आशंका गरिएपनि आगो कस्ले, कुन किन लगाएको हो खुलेको छैन । जे पनि हुन सक्छ । हामी विभिन्न कोणबाट अनुसन्धान सुरु गरेका छौं’ जिल्ला प्रहरी प्रमुख किरणजंग कुँवरले भने, ‘म्याग्दी खोलामै पटक–पटक डोजर, स्काभेटर र वसमा आक्रमण राजनैतिक संयोग मात्र नहुन सक्छ ।’