आज:  | Sat, 02, Jul, 2022

म्याग्दीमा चट्याङ्ग लागेर दुई जनाको मृत्यु

२ चैत्र २०७६, आईतवार ०९:०५ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
अन्नपूर्ण गाउँपालिका, ६ कुटुकामा शनिवार राती ८.३० बजे परेको चट्याङ्ग लागेर दुई जनाको मृत्यु भएको छ । जोडिएका दुई घरमा चट्याङ्ग लागेर छुट्टाछुट्टै परिवारका ४० बर्षिया कुमारी पुन र २५ बर्षिय रविन पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । एकान्त स्थानमा रहेका घरमा चट्याङ लागेपछि परिवारले नजिकको वस्ती घोडेपानीका आफन्तलाई खवर गरेका थिए । चट्याङ्ग लागेको दुई घनटापछि घाईतेको उद्धारगरी बाक्लो हिउँ, पहिरो छिचोल्दै ५ घन्टामा अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । मोटर बाटोको पहुँच नभएको एकान्त वस्तीमा पुग्नै करिव दुई घन्टा लाग्यो । राती बाक्लो हिउँ र पहिरोमा विरामी बोकेर सडकमा निक्लनै समस्या भयोउद्धारकर्ता शुशिल गुर्वजाले भने, ‘रती नजिकै स्वास्थ्य चौकीमा गुहार पनि पाईएन, बेनी अस्पताल त लग्यौं तर बचाउन सकेनौं ।