यस वर्ष १४ औं पटक चैत १ गते परेको वेमौषमी हिमपातले जिल्लाको उपल्लो भेगमा लगाईएको मुख्यवाली गहुँ/जौ खेतीमा क्षति पुर्याएको छ ।उपल्लो भेग (समुद्र सतहदेखी १८ सय मिटर माथी)का वस्तीमा परेको हिमपातले मुख्य वाली पाक्न लागेको/ वाला लागेको गहुँ/जौ/उवा खेती पुरै सोत्तर झै ढलाएको छ । वेमौषी हिमपातले धौलागिरी गाउँपालिकामा सवैभन्दाबढी क्षति पुर्याएको छ ।
‘धान खेती नहुने यहाँको मुख्य वालीकोमा ९० प्रतिशत क्षति पुर्याएको खवर छ । कृषी प्राविधिक र प्रहरी परिचालन गरी क्षतिको पुरै विवरण संकलन भैरहेको छ
’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने
, ‘अन्य गाउँपालिकाको तुलनामा धौलागिरीमा बढी क्षति पुगेको आंकलन छ ।
’