Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

हिमालपारी पर्यटकको ज्वारो नापिँदै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१४ पटक पढिएको
हिमालपारी पर्यटकको ज्वारो नापिँदै

कोरना भाईरस (कोभिड–१९) संक्रमण रोकथामकालागी हिमालपारीको जिल्ला मुस्ताङ्ग भित्रने पर्यटकको रुघाखोकी, ज्वरो जाँच सम्बन्धी हेल्थ डेस्क स्थापना गरिएको छ ।
चीन सीमावर्ती कोरला नाकामा पर्ने लोमन्थाङ, स्थलमार्गबाट मुस्ताङ प्रवेशस्थल घाँसा, हवाई यात्रुकालागी जोमसोम विमानस्थल र अन्नपूर्ण चक्रिय पदमार्गको मनाङबाट थोरङ्गलापासहुँदै भित्रने पर्यटककालागी मुक्तिनाथमा हेल्थ डेस्क स्थापनागरी स्वास्थ्य फरिक्षण सुरु गरिएको छ ।

शुक्रवार र शनिवारसम्म मुत्तिनाथमा पुगेका र थोरङ्लापास गरी झरेका ५७ जना जना तेस्रो मुलुक र केही भारतिय पर्यटकको रुघाखोकी, ज्वरो जाँच गरिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सूचना अधिकारी सूर्य तिमिल्सिनाले जानकारी गराएका छन ।
छुट्टै पोखरा–जोमसोम हवाई मार्गबाट ६ फ्लाईटमा मुस्ताङ्ग भित्रिएका कम्तीमा ५० भारतिय, केही तेस्रो मुलुकका पर्यटकसमेत १ सय ५० बढी यात्रुलाई जोमसोम विमानस्थलमा रहेको हेल्थ डेक्समा कोरना भाईरस रुघाखोकी, ज्वरो जाँच गरिएको मुस्ताङ्ग प्रशासन कार्यालयले जनाएको छ । मुस्ताङ्ग प्रवेशद्धार घाँसामा शनिवार हेल्पडेस्क स्थापना गरिएको तथा चीन सीमावर्ती कोरला नाका वन्द रहेको र तलबाट माथी उक्लने मार्ग अझै नखुलेकोले केही दिनमा हेल्थ डेस्क राख्ने तयारी भएको पनि कार्यालयले जनाएको छ ।

‘मुक्तिनाथ र जोमसोम विमानस्थलमा मुस्ताङ भित्रने पर्यटकको रुघाखोकी, ज्वरो समेतका स्वास्थ्य परिक्षण थालेका छौं । दुई ठाउँमागरी सय जनाबढी पर्यटकको स्वास्थ्य परिक्षण गरिएपनि सवैको स्वास्थ्य अवस्था सामान्य देखिएको छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, ‘शनिवार पैदलमार्गबाट मुस्ताङ्ग प्रवेश गरिने म्याग्दी सीमावर्ती घाँसामा पनि हेल्प डेस्क स्थापना भएको छ, कोरला नाका वन्द रहेको र तलबाट पनि कोही पुग्न सक्ने अवस्था नभएकोले सडक खुल्नासाथ राख्छौं ।’
त्यसैविच कार्यक्षेत्र दक्षिण कोरियाबाट फर्केर आफ्नै घरमा स्वक्वारेन्टाईनमा रहेका एक युवाको खकार, रगत समेतका नुमना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । कोरना भाईरस प्रभावित देशबाट आएकोले यदी आफुमा संक्रमण भएको भए परिवार र समाजलाई संक्रमणबाट जोगाउन ११ दिनदेखी सेल्फ क्वारेन्टाईनमा बसेका यी युवाको बेनी अस्पताल मार्फत पोखराबाट स्वास्थ्यकर्मी झिकाई नमुना परिक्षणकालागी टेकु पठाईएको थियो ।

‘सामान्य रुघाखोकी लागेपछि आफ्नै घरमा क्वारेन्टाईनमा रही समयमै अस्पतालको सम्पर्कमा आई कोरोना भाईरस नमुना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ’ बेनी अस्पतालका मेडिकल कोअर्डिनेटर नवराज वास्ताकोटीले भने, ‘म्याग्दीमा कोरना भाईरस संक्रमितको आशंका गरिएका विरामी पनि छैनन । कोरना भाईरसबाट त्रसित नहौं तर सतर्क रहौं ।’

तस्वीर सौजन्य ः सूर्य तिमिल्सिना, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल