- Loading...
म्याग्दीमा कोरियाबाट फर्केर ‘सेल्फ क्वारेन्टाईनमा’
- पुनहिल डट कम
- ४ साल अघि
- १४७ पटक पढिएको
![म्याग्दीमा कोरियाबाट फर्केर ‘सेल्फ क्वारेन्टाईनमा’](https://www.punhill.com/wp-content/uploads/2020/03/pexels-photo-1482476.jpeg)
अन्नपूर्ण गाउँपालिका, ६ का एक युवा दक्षिण कोरियामा कार्यरत कम्पनी कोरना भाईरस (कोभिड–१९) फैलने त्रासले वन्द भएपछि घर फर्के । २० महिनापछि घर फर्केका उनीको परिवारसँग देखादेख र परैवाट वोलचाल मात्र भएको छ । अलग्गै कोठामा बसेका छन । अर्थात उनी १० दिन देखी सेल्फ क्वारेन्टाईनमा छन ।
मार्च १ तारेखमा कोरियाबाट नेपाल ओर्लेपछि काठमाण्डौ विमानस्थलमा सामान्य ज्वरो नापेर मात्र घर पठाईयो । उनी सोझै रात्री बसमा बेनी ओर्ले । वसपार्कको नजिकै छ, परिवारको डेरा । दक्षिण कोरियामा कोरना भाईरस संक्रमणको मुख्य प्रभावित सहरबाट फर्कने नेपाली पनि धेरै थिए । कोरना, कोरना, कोरना पढ्दा, सुन्दा नै टाउको दुखेको अवस्थामा प्रभावित देश र अझ बढी प्रभावित सहरबाट फर्केका नेपालीसँगै विमानमा यात्रा गरेकोले सोझै घरपरिवारसँग नजोडिन छुट्टै कोठामा बसेका हुन ।
‘एक्लै कोठामा बस्दा दिक्क लाग्छ, आफैले हातले टाउको छाम्छु, तातो लाग्छ । आज त मेसिन किनेर ल्याएको छु, ज्वरो नाप्ने । रुखाखोकी, ज्वरो केही छैन । म प्रभावित क्षेत्रबाट आएकोले सतर्क मात्र भएको हुँ’ फोनमा उनले भने, ‘पहिला पहिला आमाले महिनावारी वार्दा बाहिर बस्नु हुन्थ्यो हामीले अलग्गै नछोईकनै खाना दिर्न्थ्यौ, ठ्याक्कै उस्तै मलाई भएको छ । वल्लो कोठाबाट खाना बाहिर राखेकी छु, खाना ढोका खोल्नुस भन्छिन, शौचालय जाँदा पल्लो कोठामा फोन गर्र्छु, शौचालय खाली छ कि छैन ।’
दश दिनदेखी सेल्फ क्वारेन्टाईनमा रहेका उनले वुधवार जिल्ला अस्पतालमा डाक्टर नवराज वास्ताकोटीलाई फोन गरी कोरना भाईसरक परिक्षण ब्यवस्था के छ भनी सोधे । बेनी जिल्ला अस्पतालमा कोरना भाइरस परिक्षण उपकरण र ब्यवस्था नभएपछि डा. वास्ताकोटीले पोखराबाट विशषज्ञ डाक्टर झिकाए । टोलीले कोरियाबाट फर्केका ति ब्यक्तिको र्यालको नमुना संकलन गरी लगेका छन । नमुना पोखराहुँदै काठमाण्डौ टेकुमा पुर्याईने भएको छ ।
‘उहाले फोनगरी आफु कोभिड–१९ प्रभावित मुलुक कोरियाबाट फर्केको र सेल्फ क्वारेन्टाईनमा बसेर आफ्नो श्वास्थ्य परिक्षण गरिदिन आग्रह गरेका थिए । हामीसँग कोरना भाईरस संक्रमितको श्वास्थ्य परिक्षण मेकानिजम नभएकोले पोखराबाट विशषज्ञ झिकाई नमुना संकलन गरेका छौं । संकलित नमुना राजधानीको टेकुमा पुर्याई, ल्याव टेष्टगरी रिपोर्ट आउन कम्तीमा ३–४ दिन लाग्छ’ बेनी अस्पतालका डा. वास्ताकोटीले भने, ‘वाहृय रुपमा हेर्दा र लक्षण हेर्दा उहाँमा कोरना भाईरसको लक्षण देखिएको छैन । पूर्ण श्वास्थ्य हुनुहुन्छ । सचेत र जिम्मेवार नागरिक सेल्फ क्वारेन्टाईनमा बस्नु राम्रो हो ।’
![फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड](https://www.punhill.com/wp-content/uploads/2025/01/IMG_9429-500x350.jpg)
फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)