- Loading...
आगामी तीन दिन मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- पुनहिल डट कम
- ४ साल अघि
- १९६ पटक पढिएको
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिक बदली रही पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले साँझापख पश्चिमी भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
हाल देशका केही पश्चिमी भूभागमा सामान्य बदली र अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ । राति देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
(जारी मितिः २०७६-११-२९ विहान ६:०० बजे)
फागुन २९ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा दिउसो/साँझपख मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।
रातीः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडि भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।
फागुन ३० गते (शुक्रबार)
दिउँसोः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।
रातीः देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ।
चैत्र ०१ गते (शनिबार)
दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र पूर्वी भू-भागका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ।
रातीः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
पश्चिमी तथा मध्य पहाडी भू-भागका केहि स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।