आज:  | Sat, 02, Jul, 2022

तातोपानी डुब्न आएका विरामीलाई कोरना भाईरस सचेतना

२५ फाल्गुन २०७६, आईतवार १८:५१ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
कोरना भाईरस (कोभिड १९)बाट संक्रमणबाट बचाउन विरामीको भिडभाड रहने प्राकृतिक चिकित्सालय मानिएका तातोपानीमा म्याग्दी जेसिजले सचेतनामुलक कार्यक्रम संञ्चालन गरेको छ ।जेसिजका जिल्ला अध्यक्ष सुजन बरुवालको नेतृत्वमा सिङ्गा तातोपानी पुगेको टोलीले आईतवार तातोपानी कुण्डमा डुब्न आएका विरामी र बजारबासीलाई कोरना भाईरस (कोभिड १९) सर्ने तरिका र वच्ने उपायबारे सचेतना गराईएको थियो । उक्त अवसरमा जेसिजले १२ सय जनालाई सचेतना मुलक सन्देश उल्लिखित पर्चा वितरण गरिएको पूर्व अध्यक्ष खम थापा मगरले बताए ।