FLASH NEWS
  • Loading...

घारको हल्लेखर्कमा सुख्खा पहिरो, यातायात अवरुद्ध

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१४ पटक पढिएको
घारको हल्लेखर्कमा सुख्खा पहिरो, यातायात अवरुद्ध

अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेवगरबाट माथी घार, शिखहुँदै पर्यटकीय वस्ती घोरेपानी जोड्ने सडकमा पर्ने हल्लेखर्कमा आईतवार साँझ ५ बजे सुख्खा पहिरो झर्दा यातायात अवरुद्ध भएको छ ।

अन्नपूर्ण गाउँपालिका, ६ घारको हल्लेखर्क स्थित घुम्तीमा सडक स्तर उन्नत गर्न शनिवार भिरालो खरवारी भएको पाखो डोजरले काटेपछि माथीबाट झरेको ठूलो सुख्खा पहिरोले पोखरे–घार–चित्रे–घोडेपानी सडकमा यातायात अवरुद्ध भएको हो ।

पहिरो स्थलमा रहेका स्थानीय श्याम प्रसाद खड्काका अनुसार पहिरोले सडकदेखी तल भएका गणेश खड्का, मेखबहादुर खड्का, फौदबहादुर बरुवाल समेत कम्तीमा ७ घर उच्च जोखमिमा परेका छन । सडकमा पहिरो झेपछि घार, शिख क्षेत्रमा पुगेका सवारी साधनहरु पनि माथी नै रोकिएका छन ।

अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगरबाट सोही वडाको चित्रेसम्म १८ किमी ५ सय मिटर कच्ची सडकमा सव वेस/वेस र कालोपत्रे सडक निर्माण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्प प्रभावित अर्न्तगत सडक स्तर उन्नत गर्ने काम भैरहेको छ ।

पोखरेवगर–घार–खिवाङ–शिख–चित्र १८।५ किमी सडक स्तर उन्नत गर्न ३६ करोड  ६९ लाख ५८ हजार लागत अनुमान गरिएकोमा काठमाण्डौको मोतिदान/जयमाता जेभीले मुल्यअभिवृद्धि करसहित २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको थियो । सडक स्तरोन्नती गर्दा ठेकदारले ढुङ्गामाटो काट्ने, ग्यावीन वाल लगाउने, मेसिनरी वाल लगाउने, ह्युमपाईप लगाउने, आरसीसि गर्ने, सव वेस/वेस र कालोपत्रे गर्ने स्टोन सोलिङ्ग र आरसिसी गर्ने कम गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल