FLASH NEWS
  • Loading...

कोरना संक्रमणको त्रास विच नेकपाको तिन महिने अभियान

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०८ पटक पढिएको
कोरना संक्रमणको त्रास विच नेकपाको तिन महिने अभियान

कोरना भाईरस संक्रमणको त्रास विच सरकारले भेला, सम्मेलन र जमघट हुने कार्यक्रम नगर्न सचेत गराईरहेको वेला सत्तारुढ नेकपा म्याग्दीले तीन महिने पार्टी एकता सुदृण्ीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि कोरना संक्रमणबाट जोगिन भेला, सम्मेलन, वैठक, मेला, महोत्सव र जमघटका कार्यक्रम नगर्न सर्वसाधारणलाई सचेत  गराएको छ । सरकार र स्थानीय प्रशासनको आग्रह विपरित सत्तारुढ दलले नै तीन महिने भेला, वैठकको कार्यक्रम सार्वजनिक गरेको हो ।

नेकपा गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डको प्रमुख अध्यक्षतामा बसेको म्याग्दी जिल्ला कमिटीकोको हालै सम्पन्न बैठकले आगामी चैत १ गते बेनीमा सरसफाई गर्दै अभियान सुरु गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेश कमिटिको निर्देशन अनुसार चैत १ गतेदेखि जेठ मसान्तसम्म जिल्ला ब्यापी अभियान सञ्चालन गर्न जिम्मेवारी बाँडफाड गरेको छ ।

स्थानीय तह र वडा स्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय संगठनको एकतालाई पूर्णता दिने, जनप्रतिनिधि, कार्यकर्ता र जनताको बिचमा समन्वयको वातावरण बनाउचैत १ गते बेनीबाट सरसफाई तीन महिने अभियान सुरु गरिने नेकपा म्याग्दीका सचिव हरीकृष्ण श्रेष्ठले बताए ।

“सम्बृद्ध नेपाल, सुखी नेपालीको आधार, सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार” भन्ने नाराका साथ सञ्चालन हुन लागेको अभियान अन्तरगत पार्टी सदस्यता नविकरण, अन्तरक्रिया, भेला र प्रशिक्षण कार्यक्रम गरिने भएको छ । चैत मसान्तभित्र पार्टी सदस्यता नविकरण तथा जेठ मसान्तसम्म नयाँ सदस्यता विस्तार गर्ने, चैत २१ ग्ते वडा तथा गाउँ कमिटिबिच अन्तरक्रिया, २७ गते जिल्ला कमिटि र २९ गते जिल्ला प्रदेश, संघीय सांसदका बिचमा अन्तरक्रिया गरिने जनाएको छ ।

अभियान सञ्चालनका लागि बेनी नगरपालिकामा हरिकृष्ण श्रेष्ठ र देव घले, अन्नपूर्ण गाउपालिकामा देवेन्द्र केसी र कुलबिर राम्जाली, रघुगंगा गाउपालिकामा बिनोद केसी र बालकृष्ण सुवेदीलाई जिम्मेवारी तोकिएको छ । यसैगरी मंगलामा टेकबहादुर बिक र देवराज सुवेदी, मालिकामा रेशम जुग्जाली र धवलागिरीमा नवराज शर्मा र थमसरा पुनलाई जिम्मेवारी दिइएको छ ।

छ वटै स्थानीय तहमा फागुन २४ गते शनिबार एकै दिन पालिका कमिटिको पूर्ण बैठक, चैत मसान्तभित्र ६ वटै स्थानीय तहमा पार्टी कार्यालय स्थापना, चैत ७ गते रघुगंगा, मंगला र धवलागिरी गाउपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने कार्यक्रम तय भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल