- Loading...
एम्बुलेन्सलाई सेवाग्राहीको विश्वास जित्न सकस
- पुनहिल डट कम
- ४ साल अघि
- २३६ पटक पढिएको

विरामीको विश्वास आर्जन गर्न नसक्दा दाताले उपहार दिएका एम्बुलेन्सहरु अलपत्र परेका छन ।
कच्ची सडक उक्लेपछि ग्रामिण भेगका विरामीको उपचारमा सहयोग पुर्याउन गाउँ–गाउँमा दाताले एम्बुलेन्स उपहार दिएपनि छरितो तथा चुस्त सेवा पुर्याउन नसक्दा ग्राहकको विश्वास गर्न नसकेका हुन । विरामीको आर्कषणसँगै घटेसँगै आम्दानी पनि घटेपछि एम्बुलेन्स चलाउने चालकको पनि अभाव छ ।
एम्बुलेन्स भन्दा टेक्सी तथा बोलेरो जीपहरुले सहज तथा सस्तो भाडामा विरामी बोक्ने भएपछि विरामीको एम्बुलेन्स आकर्षण घट्दो छ । सेवाग्राहीको विश्वास जित्न नसक्दा ग्रामिण भेगमा सेवा पुर्याउन लगिएका एम्बुलेन्स ति संस्थाकालागी भारी बन्न थालेका छन ।
म्याग्दी प्रवारी नेपाली संघ (मोना) बेलायतले तीन बर्ष अघि रेडक्रस सोसाईटी म्याग्दीलाई उपहार दिएका मध्य पश्चिम दरवाङ्गबाट चल्ने एम्बुलेन्स चालक नपाउँदा लामो समयदेखी थन्केको छ ।
‘दैलोमै सस्तो र छरितो सेवा पुर्याउन नसक्दा एम्बुलेन्सले उपभोक्ताको मन जित्न सकेनन । कमाई घटेपछि एम्बुलेन्स चलाउने चालक पाईन छोड्यो’ रेडक्रस दरवाङ्ग उपशाखाको एम्बुलेन्स संञ्चालन समिति सदस्य मोतिराज गौतमले भने, ‘विरामीको विश्वास जित्नै सकिएन । सुविधा र प्रतिस्पर्धा गर्न नसक्दा सामाजिक संस्थाकालागी एम्बुलेन्सहरु रहर मै सिमित छ ।’
दरवाङ्गबाट माक्र होईन, रेडत्रस भुरुङ्ग तातोपानी उपशाखा र अन्नपूर्ण गाउँपालिकाले संञ्चालन गरेको एम्बुलेन्सको हालत पनि उस्तै छ । सेवाग्राही आर्कषण नरहेपछि रेडक्रसको भुरुङ्ग तातोपानी उपशाखाले एक बर्षदेखी एम्बुलेन्स मर्मत गर्न चासो राखेको छैन । अहिले भारतिय दुतावासले उपहार दिएको अन्नपूर्ण गाउँपालिको एम्बुलेन्स घाटामै संञ्चालनमा छ । गाउँपालिकाका प्रशासकीय अधिकृत नविन सुवेदीका अनुसार चर्को संञ्चालन खर्च अति महंगो हुँदा एम्बुलेन्स गाउँपाकिलाकालागी घाँडो भएको छ ।
‘अस्पताल जाने/फर्कने दोहोरो भाडा लिनु पर्यो त्यसो गर्दा विरामीलाई महंगो पर्ने भएकोले एम्बुलेन्स भन्दा टेक्सी, जीप बरु वसमै हिँड्छन । गाउँमा विरामीलाई अक्सिजन दिने लगाएतका एम्बुलेन्सका उपकरण गाउँका सडकमा प्रयोग नहुने रहेछ’ रेडक्रस तातोपानी उपशाखाकी अध्यक्ष विष्णुकुमारी गर्वुजाले भनिन्, ‘दुर्गमा अतिरिक्त कमाईन नहुने भएपछि बरु ट्याक्टर चलाउन खोसाखोस हुन्छ, एम्बुलेन्स चलाउने ड्राईभर नै पाईन्न । घाटामा रहेकोले एम्बुलेन्स मर्मत गरी संञ्चालन गर्न सकिएन ।’
सदरमुकामबाट रेडक्रस र बेनी जिल्ला अस्पतालको गरी दुई वटा एम्बुलेन्स संञ्चालन मा छन । विरामीलाई रुटमा चल्ने टेक्सी वा जीप भाडा भन्दा भाडा महंगो पर्ने हुँदा एम्बुलेन्स विरामीको रोजाई छैन । अक्सीजन लगाउनु पर्ने, ढाड भाँचिएका वा सुताएर अस्पताल पुर्याउनु पर्ने बाध्यताले चढ्ने बाहेक सकेसम्म विरामीले एम्बुलेन्स रोज्दैनन् ।
रेडक्रसले एम्बुलेन्स चालकलाई मासिक १२ हजार र विरामी अस्पताल पुर्याएको प्रति ट्रिप १० प्रतिशत रकम दिने गरेपनि चालकको आर्कषण एम्बुलेन्समा नभएको हो । एम्बुलेन्सहरु ग्रामिण सडकमा २४ सै घन्टा संञ्चालन गर्दा विरामीलाई सुविस्ता त भएको छ तर संञ्चालन खर्च थेग्न नसक्दा एम्बुलेन्स पाल्न मुस्किल भै रहेको यी संस्थाले जनाएका छन ।
‘ढाड भाँचिएका, अक्सिजन दिएर लैजानु पर्ने र राती अस्पताल पुर्याउनु पर्ने विरामीकालागी माक्र एम्बुलेन्स रोजाईमा छन’ रेडत्रस भुरुङ तातोपानी उपशाखाका एम्बुलेन्स संञ्चालन समितिका अध्यक्ष दशरथ कर्माचार्यले भने, ‘दाताले एम्बुलेन्स किनेर त दिए तर एम्बुलेन्स किन्नु भन्दा सञ्चालन गर्नु धेरै कठिन रहेछ । चालकको तलवभत्ता दिने र मर्मत खर्च मात्र जुटे हामी एम्बुलेन्स फेरी चलाउन इच्छुक छौं ।’
जीर्ण अवस्थाका ग्रामिण भेगका उवरखावर भएका कच्ची सडकमा चल्ने भएकोले एम्बुलेन्स छिट्टो विग्रने गरेका छन । एम्बुलेन्स संञ्चालन नियमित पार्न मोना वेलायतले छुट्टै १० लाख ८० हजार दुई सय ८० र जिल्ला शाखाले थप २० हजार रुपैयाँको अक्षय कोष स्थापना गरी ब्याजबाट मर्मत कोष बनाएको थियो । तर ग्रामिण कच्ची सडकमा गुड्ने एम्बुलेन्सको मर्मत खर्च थेग्न नसकिएको रेडक्रसले जनाएको छ ।
‘कच्ची सडकमा सवै कम्पनीका एम्बुलेन्स चल्न योग्य छैनन । विरामीको सुविस्ताकालागी जर्वजस्ती पनि चलाउँदा मर्मतको समस्या आउने गरेको छ’ रेडक्रसका एम्बुलेन्स हेर्ने शाखा सदस्य सुरत केसीले भने, ‘वेसिक तलवबाहेक प्रतिशतमा काम गर्ने चालकले एम्बुलेन्सका चालक बन्न अनिच्छुक छ । भाडादर पनि अर्को कारण हो ।’
मोटरबाटोले सदरमुकाम जोडिएपछि जापानमा रहेका म्याग्दीबासीले ०५८ सालमा पहिलो एम्बुलेन्स रेडक्रस मार्फत भित्राएका थिए । यो एम्बुलेन्सले जिल्लाका विरामीलाई लामो समय सेवा दिएको थियो । यो एम्बुलेन्स अहिले भने विग्रको छ ।
रेडक्रस र अन्नपूर्ण गाउँपालिकामा संञ्चालित दुवै एम्बुलेन्स भारतीय दुतावासले दिएको हो । भारतिय सेनाका क्याप्टेन पदबाट सेवा निवृत्त डमबहादुर पुन अन्नपूर्ण गाउँपालिका प्रमुख निर्वाचित भएपछि भारतिय दुतावासले गाउँपालिकालाई एम्बुलेन्स दिएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
