आज:  | Sun, 03, Jul, 2022

मगर विद्यार्थी संघको राष्ट्रिय भेला बेनीमा हुने

१८ फाल्गुन २०७६, आईतवार १९:२७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला आगामी फागुन २७ र २८ गते म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ ।भेलामा सहभागी हुन देशभरबाट ६ सय ५० जना प्रतिनिधी, अतिथी र प्रर्यवेक्षकहरु सहभागी हुने आयोजक नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष विष्णुकुमार थापाले आईतवार बेनीमा पत्रकार भेटघाट गरी जानकारी गराए ।अध्यक्ष थापाका अनुसार विस्तारित भेला सम्पन्न गर्न प्रचार–प्रसार, आर्थिक तथा ब्यवस्थापन समेतका उपसमिति गठन भएका छन । भेलामा प्रशिक्षण बाहेक नृत्य, निवन्ध लेखन र वक्तृत्वकला समेतका रचनात्मक कार्यक्रम समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।