FLASH NEWS
  • Loading...

गीतसंगै संस्कृति पस्कदै नेशन पुन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०७ पटक पढिएको
गीतसंगै संस्कृति पस्कदै नेशन पुन

नेपाल आईडल गायन रियालिटी शोको तेश्रो संस्करणमा नेशन पुन उपाधि होडमा छन् । जारी संस्करणको ७ जना प्रतिस्पर्धी  वीच नेशन पुन गायन कौशलता ,योग्यता ,दक्षता र क्षमता प्रस्तुत गरी आफुलाई अब्बल सावित गर्ने होडमा छन्।
नेपाल आईडलको तेश्रो संस्करणको ७ औं प्रतिस्पर्धी मध्ये एक अब्बल उपाधि दाबेदार हुन्  नेशन पुन मगर । पुख्यौली थलो म्याग्दी भएका  पुनले  संघर्ष गरिरहेका छन् । उत्कृष्ठ १० मा आईपुग्दा उनले २ पटक दर्शकहरुको सर्वाधिक भोट प्राप्त गरेका थिए । उनी अन्तिम ७ प्रतिस्पर्धीमा छन् । सुमधुर कर्णप्रिय आवाजका धनी  नेशन भर्सस्टाईल गायकका रुपमा आफुलाई अब्बल सावित गर्दै आईरहेका छन् ।
यसपटकको तेश्रो नेपाल अडिसनको अीन्तम ७ मा आईपुग्दा आफ्नो गायकीका साथमा संस्कृति साट्न समेत जमर्को गरेका छन् । उनले नेवारी संस्कृति ,हिमाली संस्कृति र तिब्बतीयन संस्कृतिलाई गीतसंगै प्रस्तुत गरे । उनले नेवारी भाषाको गीत गाउदा नेपाली संस्कृतिलाई दर्शक माझ प्रस्तुत गरे भने नेपथ्यका अमृत गुरुङले गाएको भेडाको उन जस्तो गीतमा हिमाली संस्कृतिलाई उजागर गरे ।शुक्रबारको आईडल शो मा नेशनले बुद्ध नेपालको गीत गाउदै तिब्बतीयन संस्कृतिलाई दर्र्शक माझ देखाए ।
लामो कपाल, हसिलो अनुहार अनि समधुर आवाजका धनी नेशनलाई मौलिक भेषभुषा राम्रो सुहाएको पाईएको छ । उनको बेजोड आवाज र उनको सांस्कृतिक मौलिक पहिरन ,लवज र प्रस्ततीकरणले निर्णायकलाई समेत प्रभावित तुल्याउदै आएको छ ।उनी अहिले नेपाल आईडलको दुरीमा एकदमै नजिक पुगेका छन् । उनलाई म्याग्दी र पोखराबाट उक्तिकै सहयोग मिलेको छ ।
गायक बुद्धुजाका बाबु यामबहादुर म्याग्दी र पोखराको रुटमा लामो समयदेखी बस चालक तथा ब्यवसायी हुन । नेसन पुनकालागी भोटिङ्ग गर्न शुक्रवार राती ८.३० बजेदेखी सोमबार दिउँसो १२ बजेभित्र तपाईको जुनसुकै मोवाईलबाट पनि म्यासेज वकसमा गै NI08 टाईप गरी ३७००० मा म्यासेज गर्न सकिने नेसन बुद्धुजा जिताउँ अभियानका संयोजक नारायण पुनले भने, ‘म्यासेज गर्न अप्ठ्यारो भए तपाईले सोझै १६६६७७०८ नम्बरमा फोन गर्नु भयो भने सोझै भोटिङ्ग हुन्छ ।’
नेपालबाहिरबाट इन्डियाबाट भेडाफोनबाट ५३०१० मा, कतारबाट ओरिडोको फोनबाट ९२३०० मा, मलेशियाबाट अल टेलिकसबाट ३३३१० मा म्यासेजगरी वा इन्टरनेट चलाउनेले Respect and Rise एप डाउनलोड गरी पनि भोट गर्न सकिन्छ ।
‘मेले शहरदेखी म्याग्दीका गाउँगाउँका कच्ची सडकमा गाडी चलाएर छोरालाई संगित सिक्ने र पढ्ने अवसर दिएको हुँ । छोरा अहिले नेपाल आईडलको टप टेनमा पुगेको छ । सवैले कम्तीमा हप्ताको एक पटक भोटिङ गरिदिनुस’ गायक नेसनका बुबा यामबहादुर बुद्धुजाले भने, ‘नेसनलाई तपाईले जतिपटक भोट वा फोन गर्र्नु हुन्छ त्यति बढी भोट आउने हो । सवै म्याग्देली दाजुभाईमा फेरी भोटिङकालागी आग्रह गर्छु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल