FLASH NEWS
  • Loading...

विवाह खर्च कटौतीगरी आर्थिक सहयोग

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७८ पटक पढिएको
विवाह खर्च कटौतीगरी आर्थिक सहयोग

गलेश्वरका एक नवदम्पत्तिले आफ्नो विवाह खर्च कटौती गरी जिल्लाका विभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयोग गरेका छन ।
रघुगंगा गाउँपालिका ७ चिमखोला पुख्यौली घर भै बेनी नगरपालिका, ९ गलेश्वरमा ब्यवसाय गर्दे आएका सामाजिक अगुवा वमबहादुर पुनका छोरा वच्चन पुन र बुहारी इन्दिरा पुनले शुक्रवार सम्पन्न विवाहको अवसरमा भोज खर्च कटौतीगरी सामाजिक संस्थालाई आर्थिक सहयोग गरेका हुन ।

पुन दम्पत्तिले जिल्लामा मानविय सेवामा समर्पित अग्रिणी संस्था ओमकुमारी शान्ति कोषलाई २ लाख २२ हजार २ सय २२, नेपाल पत्रकार महाँसघ म्याग्दी शाखा, नेपाल मगर संघ म्याग्दी, चिमखोला–गलेश्वर समाज र गलेश्वर आमा समुहलाई प्रति संस्था ५१ हजारका दरले २ लाखसमेत चार लााख २६ हजार दुई सय २२ आर्थिक सहयोग गरेका हुन ।

‘विवाहमा अझ धेरै आफन्त, इष्टमित्र र शुभचिन्तकहरुलाई निमन्त्रणा गरी भोजलाई धेरै खर्चिलो बनाउन सकिन्थ्यो तर हाम्रो परिवारले विवाह भोजको खर्च कटौती गरी जिल्लामा सकृय सामाजिक संघसंस्थालाई सहयोग गर्न उत्तम ठानेका हौं’ दुलाहका बाबु बमबहादुर पुनले भने, ‘जुन संस्थालाई आर्थिक सहयोग गरेका छौं, हाम्रो विश्वासमा ति संस्थाले समाजमा केही अवश्य योगदान पुर्‍याएका छन, सवैको साथसहयोग आवश्यक छ ।’

शुक्रवार सयौंको संख्यामा आफन्त, शुभचिन्तक र निम्तालुहरुको उपस्थितीमा गलेश्वरमा आयोजित बच्चन–इन्दिरा पुनको विवाहमा नव दम्पत्तिले वत्ति वाले, वेलुन उडाए अनि ‘सगुन’ चुस्कि लिएपछि केक काटेर बाबुआमा, आफन्तलाई खुवाएका थिए । विवाह समारोहमा पुग्नेलाई कक्टेल पार्टी देखी भोजभतेर पनि उत्तिकै थियो ।

‘बमबहादुर पुन परिवारले दुर्गम चिमखोलाबाट गलेश्वरमा झरेर थालेको ब्यवसायमा गलेश्वर महादेवको आर्शिवादले जुन आर्थिक वैभव प्राप्त भयो, त्यो भन्दा ठूलो मानवीय मन र धार्मिक चेतले बढी ओतप्रोत छ । सादगी जीवनशैली र मृदुभाषी बमबहादुर दाईलाई समाज र ब्यवहार गर्ने ब्यक्तिले मुल्याङ्ढन गरेको छ’ नव दम्पत्तिलाई शुभकामना दिँदै पत्रकार महाँसघका अध्यक्ष तारानाथ शर्माले भने, ‘फलेको हाँगो झुकेको हुन्छ, बमबहादुर पुन परिवार हेरेर समाजले सिक्नु पर्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल