- Loading...
अर्थमन्त्री भन्छन्- ‘२१ गते फेरि भेट हुन्छ, ५ चैतभित्रै गभर्नर नियुक्त गर्छौं’
- पुनहिल डट कम
- ५ साल अघि
- २०८ पटक पढिएको

अर्थमन्त्री डा. युवराज खतिवडाले ५ चैतभित्रै गभर्नर नियुक्त भइसक्ने बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै खतिवडाले वर्तमान गभर्नरको अवकाश हुँदासम्म नयाँ गभर्नर नियुक्त भइसक्ने बताएका हुन्।
उनले भने, “म पनि गभर्नरमा नियुक्त भएको थिएँ। मेरो नियुक्ति पनि अन्तिम समयमै भएको थियो। जुन दिन मेरो कार्यकाल सकिदै थियो त्यो दिन पनि दिउँसो ३ बजेतिर मन्त्रिपरिषद्को बैठक बसेर गभर्नर नियुक्त गरेको हो। त्यसपछि मैले कार्यलय छोडेको थिएँ। अहिलेको गभर्नरको नियुक्ति पनि त्यस्तै त्यस्तै हुन्छ होला।”
राष्ट्र बैंक ऐनले गभर्नरको अवकाश हुुनुभन्दा एक महीना अगाडि नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्ने व्यवस्था गरेको छ। पत्रकार सम्मेलनमा पत्रकारहरूले अर्थमन्त्रीलाई सोही व्यवस्था उल्लेख गरी प्रश्न सोधेका थिए। अर्थमन्त्री खतिवडाले भने, “तपाइँहरूले महत्वपूर्ण कुरा सम्झाइदिनुभयो। तपाईहरूलाई स्पष्ट गरौं, ५ चैतभित्र नै गभर्नरको नियुक्ति हुन्छ।”
‘२१ गते फेरि भेट हुन्छ’
पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडा राष्ट्रिय सभाको सदस्यमा दोहोरिने वा नदोहोरिने विषयले पनि प्रवेश पायो। उनी सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए। राष्ट्रिय सभामा खतिवडाको पदावधि २० फागनुमा सकिदैं छ। राष्ट्रिय सभामा खतिवडालाई नै दोहोर्याउने वा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने भन्ने विषयमा तीब्र विवाद भइरहेको छ।
सोही विषयमा गरिएको प्रश्नमा खतिवडाले भने, “हेर्दै जानुस् न, बेला भइसकेको छैन। २१ गते शपथ ग्रहणको मिति तोकिएको छ। त्यो दिन तपाईंहरूसँग फेरि भेट हुन्छ। भेट नभए पनि कुराकानी भई नै हाल्छ। त्यसैबेला छलफल गरौला।” देखापढीबाट

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
