आज:  | Tue, 05, Jul, 2022

भुरुङ्ग तातोपानीबाट चरेश सहित २ जना पक्राउ

१४ फाल्गुन २०७६, बुधबार २१:३७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
अन्नपूर्ण गाउँपालिका, २ भुरुङ्ग तातोपानी स्थित बाबा पुल हाउस संञ्चालक हेमु ज्वारचन र सोही ठाउँका अशोककुमार घर्तीलाई १ सय ४२ ग्राम लागु पदार्थ (चरेश) सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।पुल हाउसबाट लागु पदार्थ (चरेश) कारोवार हुने गरेको सुराकीको आधारमा छापा मार्दा ज्वारचनको साथबाट ४४ ग्राम र घर्तीको साथबाट ९८ ग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका ज्वारचन र घर्तीलाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद २ को दफा ४ (क) बमोजिम मुद्धा चलाउन अनुसन्धानकालागी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक ध्रुव शर्माले बताए ।