पोर्नस्टारकाे राजनीतिक दल !

१३ फाल्गुन २०७६, मंगलवार २०:४० मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

इटालीकी एक चर्चित पोर्नस्टार इलोना स्टेलरले राजनीतिक दल खोलेकी छन्। सन् १९८० दशककी चर्चित पोर्नस्टार स्टेलरले डिएनए नामक राजनीतिक दल खोलेकी हुन्।

इटाली सरकारले सन् २०१८ यता पूर्व सरकारी कर्मचारीको सुविधा कटौती गर्दै आएको छ। सोही मुद्दालाई प्रमुख बनाएर उनले राजनीति गर्ने घोषणा गरेकी हुन्।

पेन्सन कटौती भएपछि आफूलाई बाँच्न गाह्रो भएको उनको आरोप छ। ६८ वर्षीया इलोनाले विभिन्न बहानामा सुविधा कटौती गरेर दुःख दिइरहेको टिप्पणी गरेकी छन्।

उनले प्रजातन्त्र, प्रकृति र प्रेमलाई जोड दिइने मात्र नभई पार्टीले यौन स्वतन्त्रताको पक्षमा वकालत गर्ने समेत बताउँदै आएकी छन्।

पोर्न क्षेत्रमा सक्रिय रहेका बेला उनलाई ला सिसिओलिना भनिन्थ्यो। सन् १९८७ मा उनी सांसद्समेत बनेकी थिइन्।

सन् १९९१ सम्म र्‍याडिकल पार्टीको तर्फबाट सांसद् बनेकी थिइन्। उनी चुनावी र्‍यालीमा हिँड्दा टपलेस भएर हिँड्ने गर्थिन्।

सांसद् रहेका बेला उनले कारागारमा समेत यौन गतिविधि खुला गर्न माग गर्दै आएकी थिइन्।

राजनीतिबाट उनले अवकाश लिइसकेपछि हरेक महीना तीन हजार युरो पेन्सन पाइरहेकी थिइन्। गएको वर्षदेखि उनको पेन्सन हजार युरोले कटौती गरिएको थियो। यसबाट क्रुद्ध भएकी उनले पूर्व सांसद्को मात्र भत्ता काट्ने भन्दै आपत्ति जनाउँदै आएकी छन्।

उनीबारे अर्को रोचक कुरा पनि छ। इराकले कुवेतमाथि आक्रमण गरेपछि शान्ति स्थापना भएमा वा इराकले कुवेतलाई आक्रमण गर्न बन्द गरे आफू सद्दाम हुसेनसँग रात बिताउने घोषणासमेत गरेकी थिइन्।

देखापढी