- Loading...
हिमालपारीका विद्यालय खुले
- पुनहिल डट कम
- ५ साल अघि
- २१४ पटक पढिएको

हिमालपारीको जिल्ला मुस्ताङ्गमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । शैक्षिक सत्र सुरु भएसँगै विद्यालय खुलेपनि बाक्लो हिमपातले गर्दा अझै सवै विद्यालयमा विद्यार्थी भने पुगेका छैनन ।
मुस्ताङ्गसमेत हिमाली जिल्लामा मंसिर मसान्तमा शैक्षिक सत्र समाप्त भै पुस–माघ जाडो विदा गरी फागुन १ गतेदेखी सत्र सुरु हुन्छ ।
मुस्ताङ्गको तल्लो क्षेत्रमा पर्ने थासाङ, घरपझोङ र मध्य क्षेत्रमा पर्ने बाहृगाउँ–मुक्तिक्षेत्र गरी ३ गाउँपालिकाका भित्रका विद्यालय नयाँ सैक्षिक सत्रसँगै पढाई सुचारु भएको छ । तर बाक्लो हिउँ नपग्लेको कारण उपल्लो मुस्ताङमा पर्ने लोघेकर–दामोदर कुण्ड र लोमन्थाङ गाउँपालिकामा रहेका २० वटा विद्यालय भने चैतबाट मात्र खुल्ने शिक्षा विकास तथा समवन्यय इकाइ मुस्ताङ्गले जनाएको छ ।
समवन्यय इकाईका अनुसार यी विद्यालयले पुस–माघको हिउँदे विदामा समेत पोखरामा घुम्ती विद्यालय संञ्चालन गरेको र माथी हिउँ अझै नपग्लेकोले चैतबाट मात्र विद्यालय खोल्ने भएका हुन । त्यसैगरी नयाँ शैक्षिक सक्रसँगै मुत्तिनाथ क्षेत्रका ४–५ वटा विद्यालय खुलेपनि हिमपात जारी रहेकोले विद्यार्थी उपस्थित भएका छैनन ।
‘मुस्ताङ्गमा नयाँ शैक्षिक सत्र सुरु भै अध्ययन/अध्यापन सुरु भएको छ । तर उपल्लो मुस्ताङ्गका दुई गाउँपालिका भित्रका विद्यालय भने घुम्ती पढाईसँग जाडो विदा मिलान गरिएकोले चैत १ गतेबाट मात्र खुल्छन’ शिक्षा विकास तथा समवन्यय इकाइ मुस्ताङ्गका शाखा अधिकृत टंकराज वरालले भने, ‘मुक्तिनाथ क्षेत्रका केही विद्यालय खुलेपनि हिमपातको कारण अझै विद्यार्थी आएका छैनन । पठाई सुरु भएका विद्यालयमा पनि हिउँ पर्नेक्रम जारी रहेकोले चिसो अधिक छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
