Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कोरियामा नेपाली दूतावासले भन्यो- ‘विशेष सावधानी अपनाउनू’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३४ पटक पढिएको
कोरियामा नेपाली दूतावासले भन्यो- ‘विशेष सावधानी अपनाउनू’

पछिल्ला दिनमा दक्षिण कोरियामासमेत कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँस्थित नेपाली दूतावासले दक्षिण कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

दक्षिण कोरियामा पछिल्लो एक दिनमै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दोब्बर भएपछि आज विज्ञप्तिमार्फत संक्रमणबाट जोगिन प्रभावकारी ढंगबाट सुरक्षाका उपाय अपनाउन दूतावासले अपिल गरेको हो। ‘हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरू देखापरेका थेगु तथा आसपासका क्षेत्रममा रहेका नेपाली विद्यार्थीहरू, अन्य पेशा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरूलाई विशेष सावधानी अपनाउन राजदूतावास अनुरोध गर्दछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ।

कोरोना भाइरसको संक्रमणको शंका लागेका अवैधानिक रूपमा कोरियामा रहेका विदेशीहरू समेतले सार्वजनिक स्वास्थ्य संस्थाहरूमा गई चेकजाँच र उपचार गराउन सक्ने जनाउँदै त्यस्ता व्यक्तिलाई पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा बिरामीको कानूनी हैसियत बारेमा नसोध्न अस्पतालहरूलाई निर्देशन दिइएको कोरियाको अध्यागमन विभागलाई उद्धृत गर्दै  दूतावासको विज्ञप्तिमा जनाइएको छ।

९ फागुनसम्म २०४ व्यक्तिमा उक्त भाइरसको संक्रमण देखिएको दक्षिण कोरियामा २२९ जना एकै दिनमा थपिएका अन्तर्राष्‍ट्रिय संचारमाध्यमहरूले जनाएका छन्। योसँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमितको संख्या कूल ४३३ जना पुगेको छ। दक्षिण कोरियामा कोरोना भाइरस दुईजनाको मृत्यु भइसकेको छ।

थेगु र चेओङ्डोलाई ‘विशेष निगरानीको क्षेत्र’ घोषणा गरिएको छ। थेगुका सडकमा मानिसको आवतजावत घटेको छ। चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको ‘कोभिड-१९’ कोरोना भाइरसको संक्रमण केही समययता दक्षिण कोरियामा पनि देखा परेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल