एपीएफलाई दिदीबहिनी कप भलिबलको उपाधि

१० फाल्गुन २०७६, शनिबार २०:४७ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

विभागीय टिम एपीएफले चौथों संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
विभागीय डर्बीमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ लगातार प्रतियोगिताको च्याम्पियन बनेको हो । पर्वतको बेनीमा भएको प्रतियोगिताको पहिलो सेट २५–१५ ले गुमाएपछि खेलमा उत्कृष्ट पुनरामगन गर्दै एपीएफले उपाधि रक्षा गरेको हो ।

दोस्रो सेट २५–१८ ले जितेको एपीएफले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१२ ले हात पारेको थियो । उपाधिसंगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता पुलिसले १ लाख रुपैयाँमा चित्त बुझायो ।
आर्मीलाई हराउँदै तेस्रो बनेको न्यु डायमण्डले ५० हजार रुपैयाँ हात पार्यो । तेस्रो स्थानका लागि आजै बिहान भएको खेलमा न्यु डायमण्डले आर्मीलाई २५–२३, २५–२१ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो ।
बर्षाले शुक्रबार प्रभावित बनेको खेल शनिबार राखिएको थियो ।