- Loading...
काेराेना भाइरस संक्रमणकाे त्रासले नेपालकाे पर्यटन प्रभावित
- पुनहिल डट कम
- ५ साल अघि
- ५०३ पटक पढिएको

कोरोना भाइरसका कारण नेपालमा आउने हवाई यात्रुको संख्यामा कमी आएको छ । चीन सरकारले नै आफ्ना नागरिकलाई सकेसम्म अन्य देशमा नजान आग्रह गरेकाले नेपाल आउने चिनियाँ नागरिकको संख्यामा कमी आएको हुन सक्छ ।
चीनमा फैलिएको कोरोना भाइरसका कारण पोखरामा पनि त्रास बढेको छ । चिनियाँ पर्यटकको बढी चहलपहल हुने रेस्टुरेन्ट तथा होटलमा सतर्कता अपनाइएको छ । सतर्कता अपनाउँदै मास्क लगाएरै पर्यटकलाई सेवा दिँदै आएको चिनियाँ रेस्टुरेन्ट चान तासीमा कार्यरत निसाना थापा मगरले बताइन् ।
रेस्टुरेन्ट सञ्चालक चान उइलिनले कोरोना भाइरसका कारण चिनियाँ पर्यटकको आगमन प्रभावित भएको सुनाए । लेकसाइडमा २३ वटा रेस्टुरेन्ट र चार होटलमा चिनियाँ व्यवसायीको लगानी छ । ८० प्रतिशत ग्राहक चिनियाँ नै हुन् । बाँकी २० प्रतिशत नेपाली र अन्य मुलुकका पर्यटक हुने गरेको उनले सुनाए । चिनियाँलाई लक्ष्य गरी सञ्चालित व्यवसाय समस्यामा पर्ने अवस्था रहेको उनको भनाइ छ ।
जनवरी २५ देखि फेब्रुअरी ७ सम्म २ सय चिनियाँले कोरोनालाई कारण देखाएर बुकिङ रद्द गरेको ड्रागन होलिडे ट्राभल्सका सञ्चालक पुष्करराज पाठकले बताए । उनका अनुसार जनवरी २५ देखि तीन महिनासम्मका लागि १ हजारभन्दा बढीले बुकिङ रद्द गरेका छन् ।
विमानस्थलमा भाइरस जाँच कक्ष
प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाले शुक्रबार पोखरा विमानस्थलमा कोरोना भाइरस जाँच कक्ष स्थापना गरेका छन् । ‘अहिले सामान्य लक्षण जाँच हुन्छ’, निर्देशनालयका अधिकृत होगेन्द्र भुर्तेलले भने, ‘आवश्यक परे रगत पनि जाँच गर्नेछौं ।’
उनले पोखरामा कोरोना रोकथाम गर्न सकिने तर उपचारमा कठिना हुने बताए । विदेशबाट आएकाहरूको उपस्थिति बढी हुने भएकाले विमानस्थमा सहायता कक्ष राखिएको उनले सुनाए । उनका अनुसार लेकसाइडमा पनि आइतबार सहायता कक्ष राखिनेछ । जाँच कक्षमा स्वास्थ्यकर्मी र उपकरणको प्रबन्ध गरिएको छ ।
पोखरामा कोरोनाको लक्षण भने भेटिएको छैन । कोरोना थाहा पाउन रगत जाँच्ने किट भने अभाव छ । शंका लागे जाँच्नका लागि काठमाडौं पठाउने तयारी यहाँका स्वास्थ्य संस्थाले गरेका छन् ।
स्वास्थ्य अधिकारीले कोरोना रोकथाममा लाग्न तर नआत्तिन अपिल गरेका छन् । ‘प्रदेशका सबै स्वास्थ्य संस्थामा कोरोना भाइरसका बिरामीका लागि उपचारको प्रबन्ध गर्न सबैतिर पत्राचार भएको छ’, उनले भने, ‘स्वास्थ्यकर्मीलाई पनि उपचारमा सजग रहन भनिएको छ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएका कतिपय चिनियाँ नयाँ वर्ष मनाउन गएकोमा अझै फर्किएका छैनन् । विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मीका अनुसार चीनबाट फर्किएका एक जनालाई काममा लगाइएको छैन । उनले भने, ‘छुट्टै १५ दिन राखेपछि मात्रै काममा फर्काउनेछौं ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले चीनबाट आउने यात्रुको संख्यामा कमी आएको बताए । उनले यात्रुको संख्यामा कमी आए पनि हवाई सेवा भने प्रभावित नभएको बताए । नेपाल हवाई सेवा प्रदान गर्दै आएका चिनियाँसहित अन्य कुनै पनि विमान कम्पनीले उडान घटाएको वा रद्द नगरेको पनि बताए । उनले भने, “हामीले नै उडानमा रोके मात्रै हो, अहिलेसम्म रोकिएको छैन । कुनै पनि विमान कम्पनीले उडान घटाएको वा रद्द गरेको जानकारी गराएका छैनन् ।”
यसअघि नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले भने आफ्नो चीनतर्फको उडान घटाइसकेको छ भने आगामी फेबु्रअरीबाट चीनतर्फ कुनै पनि उडान गर्ने छैन । कोरोना भाइरसका कारण पर्यटक आवागनम संख्यामा कमी आउँदा त्यसको प्रत्यस असर नेपाल भ्रमण वर्ष २०२० लाई पर्ने भएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्यसहित भ्रमण वर्ष सुरु गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
