स्वयंसेवक शिक्षकलाई साताको कम्तीमा २४ पिरियड पढाउनुपर्ने र प्रचलित मापदण्डअनुसार उक्त विषयको परीक्षाबाट विद्यार्थीको मूल्यांकन गर्नेसम्मको जिम्मेवारी दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरणअनुसार स्वयंसेवकहरूले निर्वाह भत्ता पाउने व्यवस्था कार्यविधिमा गरिएको छ । उनीहरूले वर्गीकरण र शैक्षिक योग्यताका आधारमा न्यूनतम २४ हजारदेखि ३२ हजारसम्म मासिक भत्ता पाउनेछन् । सम्बन्धित विद्यालयका प्रधानाध्यापक र जिल्लास्थित शिक्षा विकास समन्वय इकाईले स्वयंसेवक शिक्षकको त्रैमासिक र मासिक रूपमा अनुगमन गरेर प्रतिवेदन केन्द्रमा पठाउनुपर्नेछ । उनीहरूले मासिक भत्ता भने स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरिएको हो ।
विषयगत शिक्षकहरू अभाव आंशिक रूपमा पूर्ति गर्न स्वयंसेवक परिचालन गर्न लागिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए । ‘ठूलो संख्यामा शिक्षकको कमी छ, बजेटका कारण अहिल्यै स्वयंसेवक शिक्षकबाट अभाव टर्दैन,’ उनले भने । आगामी शैक्षिकसत्र (वैशाख) देखि विद्यालयहरूमा शिक्षक पुग्ने गरी छनोट प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
कान्तिपुर अनलाईनबाट