- Loading...
पर्यटकीय भ्यू पोईन्टमा बोर्ड राख्न होडवाजी
- पुनहिल डट कम
- ५ साल अघि
- १७८ पटक पढिएको

स्थानीय समुदाय र विभिन्न संघ÷संस्था तथा निकायले ठूलो मेहिनत र लाखौं खर्चेर उजागर गरेका पर्यटकीय गन्तब्य र भ्यु पोईन्टहरुमा पछिल्लो समय सस्तो लोकप्रियता खोज्ने संस्था विच बोर्ड राख्ने होडबाजी चलेको छ ।
पर्यटकीय स्थल÷भ्यू पोइन्टको प्रर्वद्धन गर्ने कार्यक्रम संञ्चालन गरेको र संस्थाको बोर्ड राख्दैमा कसरी पर्यटकीय क्षेत्रको प्रचार–प्रसार हुन्छ भन्ने जानकारी गराएका छैनन । पर्यटकीय स्थलहरुमा पुगेका पर्यटकले फोटो÷भिडियो खिच्दा आप्mनो संस्थाको प्रचार–प्रसार हुने गरी कामचोर संस्थाहरुले बोर्ड राख्ने होडवाजी गरेका हुन ।
पछिल्लो पटक महाशिवरात्रिको अवसर पारेर बेनीमा संञ्चालित वेष्ट पोईन्ट कलेजमा गठित क्लव इन्प्mलुएन्सियलु ब्याचलर क्लवले अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ स्थित झरनामा बोर्ड राखेको छ ।
पर्यटकीय स्थल÷भ्यू पोईन्टहरुमा पर्यटन प्रर्वद्धनको आवरणमा आप्mनो संस्थाको प्रचार–प्रसार गर्ने कामको सुरु आत म्याग्दी जेसिजले लभ्लीहिलमा बोर्ड राखेर सुरु गरेको थियो । यो संस्थाले टोड्के, रुईसे समेतका पर्यटकीय स्थलमा आप्mनो बोर्ड राखेको छ । म्याग्दी जेसिजको सिको गर्दै वेष्ट पोईन्ट क्लवले पनि पर्यटकीय स्थलमा पुगेका पर्यटकलाई जर्वजस्ती ‘आप्mनो चिनारी’ गराउने होडमा जोडिएको हो ।
‘पर्यटकीय स्थल÷भ्यू पोइन्टबाट तस्वीर लिँदा पर्यटकीय भ्यू छेकिने गरी राखिएका संस्थाका बोर्ड हटाईनु पर्छ । काम गर्ने कालु मकै खाने भालु भन्ने नेपाली उखान जस्तै भएको छ’ पदयात्रा र फोटोग्राफीमा रुची राख्ने बेनीका एक नाम खुलाउन नमान्ने हाईकिङवालाले भने, ‘पर्यटन क्षेत्रको पहिचान, प्रर्वद्धनमा शुन्य योगदान भएका संस्थाहरुले पर्यटकीय भ्यू पोईन्टमा आप्mनो संस्थाको प्रचार वोर्ड राख्ने सरासर कामचोर हो, दण्डनिय छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
