- Loading...
दक्षिण कोरियाको डाइगु नगरमा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह
- पुनहिल डट कम
- ५ साल अघि
- २३७ पटक पढिएको

दक्षिण कोरियाको डाइगु नगरका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न सुझाएका छन्। उनले कोरोना विरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन्।
दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको यस डाइगु नगर क्षेत्रमा आजमात्र थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरेका थिए। कोरियाली संक्रामक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसीडीसी) ले ३५ जना नयाँ बिरामीमध्ये २८ जना हालैमात्र चर्चमा गएका व्यक्ति रहेको जनाएको छ। उक्त चर्चमा एक जना कोरोना संक्रमित व्यक्ति पनि सहभागी भएका थिए।
केसीडीसीका अधिकारीहरुले विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा कोरोना संक्रमण देखिएको थियो।
दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मून जाए–इनले कोरोना भाइरसको थप संक्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने बताएका थिए।
कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरू सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
