FLASH NEWS
  • Loading...

यी नेपाली महिला दुबईमा अलपत्र ,कतैै तपाई‌ले चिन्नु पाे भएको छ कि ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३६ पटक पढिएको
यी नेपाली महिला दुबईमा अलपत्र ,कतैै तपाई‌ले चिन्नु पाे भएको छ कि ?

यूएईको दुबईमा एक नेपाली महिला मानसिक सन्तुलन गुमाएको अवस्थामा भेटिनुभएको छ । कतैै तपाई‌ले उहाँलाई चिन्नु पाे भएको छ कि ? अ’रबी भाषा प्रष्ट बोल्न जान्ने ती महिलाको नाम यामकुमारी थापा र उमेर ४६ वर्ष भएको स्थानीय सामाजिक अभियन्ता लैला अबु बकरले जानकारी दिनुभएको छ । नेपालमा उहाँको ठेगाना र दुबईमा काम गर्ने ठाउँबारे कुनै पत्तो लाग्न सकेको छैन ।सामाजिक अभियन्ता बकरका अनुसार यमकुमारीले २०१९ को अक्टोबरमा दुबई अस्पतालमा म’स्तिष्कको शल्यक्रिया गर्नुभएको थियो । त्यसपछि यामकुमारी अस्पतालमै हुनुहुन्छ ।
यामकुमारीको आफन्त तथा साथीभाइ कसैसँग पनि सम्पर्क छैन । रोजगारदाता व्यक्ति पनि अस्पतालमा नआएको बकरले चार महिनादेखि यामकुमारीलाई आफन्त, साथीभाइ तथा रोजगारदातासँग भेटाउन प्रयास गरिरहे पनि कोहीसँग सम्पर्क हुन सकेको छैन । बकरले गल्फ न्यूजसँग बताए अनुसार यामकुमारीलाई अक्टोबरको तेस्रो हप्ता अचेत अवस्थामा ए’म्बुलेन्समा राखेर दुबई अस्पताल पुर्याइएको थियो ।ल्या’उनेबेला अचेत अवस्थामा भए पनि हो’श आइसकेपछि यामकुमारीले बान्ता गरिरहने र टाउको दुख्ने गरेको बताउने गरेकी थिइन् । मेडिकल रिपोर्टअनुसार स्तिष्कमा रक्तश्राव भएको देखिएको छ ।
अहिले पनि यामकुमारीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या छ ।सामाजिक अभियन्ता ब’करका अनुसार फेब्रुअरी १७ अर्थात आज सोमबार यामकुमारीको अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने हो । तर कोही पनि सम्पर्कमा नआएपछि यामकुमारीलाई आफूसँगै राख्नुबाहेक अरु कुनै उ’पाय नभएको बकरले बताए । यामकुमारीले आफ्नो एउटा छोरा छ भन्नेबाहेक अरु केही जानकारी दिन सक्नुभएको छैन । यामकुमारीले दुबईमै एक अरबी परिवारमा घरेलु का’मदारको रुपमा काम गरेको हुनसक्ने अनुमान गरिएको छ ।

सिधाकुराबाट