Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

पूर्वसभामुख महराले सफाइ पाए

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २४७ पटक पढिएको
पूर्वसभामुख महराले सफाइ पाए

बलात्कार प्रयास गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ।

मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासले महरालाई सफाइ दिएको हो।

काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा अन्तिम सुनुवाइ गरे पनि ४ फागुनमा फैसला सुनाएको थिएन।  मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासमा ४ फागुनमा बहस सकिए पनि समय अभाव देखाउँदै मुद्दालाई हेर्दाहेर्दैको सूचीमा राखिएको थियो।

अन्तिम बहसमा महराको तर्फबाट वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, अधिवक्ता डा. दिनमणी पोखरेल, अधिवक्ता सुशील सापकोटा र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए।

२६ माघमा जिल्ला अदालतमा मुद्दाको अन्तिम फैसलाका लागि सुनुवाइ शुरू भएको थियो। सरकारी वकील कार्यालयका तर्फबाट भने यसअघि नै बहस सकिएको थियो। सरकारी वकील कार्यालयको तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल, जिल्ला न्यायाधिवक्ता हरिप्रसाद रेग्मी र उपन्यायाधिवक्ता बिनिता कपालीले बहस गरेका थिए।

१२ असोजमा संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए।

१९ असोज साँझ महराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। उनी सोही दिन पक्राउ परेका थिए। महराविरुद्ध १४ कात्तिकमा अभियोग पत्र दायर भएको थियो। काठमाडौं जिल्ला अदालतले महरालाई १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।

त्यसविरुद्ध महरा पाटन उच्च अदालत पुगेका थिए। उच्च अदालतले ३ पुसमा जिल्लाकै आदेश सदर गरेको थियो। साथै, उच्चको आदेशमा एक महीनाभित्रमा मुद्दाको अन्तिम किनारा लगाउन भनिएको थियो। महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेको अवस्थामा कसुर गरेको भन्दै थप साढे दुई वर्ष गरी साढे सात वर्ष कैद हुनुपर्ने मागदाबी थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल