राष्ट्रपति शिल्ड प्रतियोगितामा दृष्टीविहिनले ल्याए स्वर्ण पदक

४ फाल्गुन २०७६, आईतवार २१:०८ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

रघुगंगा गाउँपालिकामा शनिवार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यहाँका एक दृष्टीविहिन छात्रले सटफुटमा स्वर्ण पदक जितेका छन ।

रघुगंगा गाउँपालिका, ३ मौवाफाँट स्थित ज्ञानोदय माध्यामिक विद्यालय दृष्टीविहिन श्रोत कक्षा अर्न्तगत कक्षा ९ मा अध्ययनरत न्यून दृष्टी भएका छात्र असोक विकले सटपुटमा स्वर्ण हात पारेका हुन ।

दृष्टीविहिन विकले आगामी फागुन ७–८ गते बेनीमा हुने जिल्ला स्तरिय राष्ट्रपति शिल्ड प्रतियोगितामा सहभागी जनाउने छन । धौलागिरी गाउँपालिका, ७ ताकम स्थाई बासिन्दा विक पछिल्लो तीन बर्षदेखी ज्ञानोदय मावि दृष्टीविहिन श्रोत कक्षामा बसेर अध्ययन गरिरहेका छन ।