बेनी नगरपालिका राष्ट्रपति शिल्ड न्यू वेष्टपोईन्टलाई

४ फाल्गुन २०७६, आईतवार १७:५२ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

बेनी नगरपालिका स्तरीय अन्तर माध्यामिक विद्यालय दोस्रो राष्ट्रपती रनिङ्ग शिल्ड न्यू वेष्ट पोईन्ट आवसीय माध्यामिक विद्यालयले उचालेको छ ।
२१ स्वर्ण २२ रजत र ११ कास्य पदक सहित न्यु वेष्टपोइन्टले बेनी नगरपालिका स्तिरिय राष्ट्रपती रनिङ्ग शिल्ड हात पारेको हो । २१ स्वर्ण, २ रजत ११ कास्यसहित माउण्ट एभरेष्ट आवसिय सेकेण्डरी स्कुल दोस्रो र कालीपुल स्थित वालमन्दीर आधारभुत विद्यालयले ३ स्वर्ण १ रजत सहित तेस्रो भए ।

विजेता विद्यालयलाई जिल्ला समवन्य समितिका संयोजक देवेन्द्रबहादुर केसीले शिल्ड र आयोजक बेनी नगरपालिकाका प्रमुख हरीकुमार श्रेष्ठले नगद पुरस्कार हस्तान्त्रण गरे ।

यस वर्षको बेनी नगरपालिका स्तरीय अन्तर माध्यामिक विद्यालय दोस्रो राष्ट्रपती रनिङ्ग शिल्डको उपाधी गर्त वर्षका विजेता र उपविजेताले साटेका छन । माउण्टले २० कास्य पदकले अग्रता गुमाउँदा शिल्ड चुम्नबाट छुटेको हो ।

पुराना र स्थापित कक्षा ११ र १२ अध्यापन गराउने विद्यालयलाई पछि पार्दै ८ कक्षा सम्म अध्यापन हुने वालमन्दीर विद्यालयले तेस्रो स्थान सुरक्षित गर्न सफल भएको हो ।

प्रतियोगितामा छात्र तथा छात्रा भलिवल, कवड्डी, एथेलेक्सि तर्फका हाईजम्प, लङ्गजम्प, ट्रिपलजम्प, सटपुट, एक–दुई–चार, आठ, १५ सय तथा तीन हजार मिटर दौड र मार्सल आर्ट तर्फ उसु, तेक्वाण्डो खेल समावेश गरिएको थियो ।