आज:  | Sun, 03, Jul, 2022

परस्त्रीलाई अस्लिल म्यासेज पठाउने पुरुष पक्राउ

४ फाल्गुन २०७६, आईतवार २०:३० मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
परस्त्रीलाई सामाजिक संञ्जालमा अस्लिल सामाग्री र म्यासेज पठाएको भन्दै अन्नपूर्ण गाउँपालिका, ६ का एक पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ ।केही दिनदेखी लगातार अस्लिल म्यासेज र सामाग्री पठाएर हैसान पारेको भन्दै महिलाको उजुरीका आधारमा ति पुरुषलाई आईतवार पक्राउ गरिएको प्रहरीले भनेको छ । तर नाम भने खुलाएको छैन ।‘महिलालाई सामाजिक संञ्जाल मार्फत दुर्ब्यवहार गरेको उजुरीको आधारमा एक पुरुषलाई अन्नपूर्ण गाउँपालिका, ५ शिखबाट पक्राउ गरी सदरमुकाम ल्याएका छौं । वल्न अनुसन्धान थालेका छौं, सत्यतथ्य खुल्दै जाने छ’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले बताए ।