FLASH NEWS
  • Loading...

मंगला राष्ट्रपति शिल्ड मंगला माविलाई

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११५ पटक पढिएको
मंगला राष्ट्रपति शिल्ड मंगला माविलाई

मंगला गाउँपालिकामा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बाबियाचौर स्थित मंगला माविले उचालकोका छ ।
शनिवार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, १० रजत र १ कास्य पदकसहित मंगला माविले रनिङ शिल्ड उचालेको हो । त्रिभुवन मावि र्‍यालेखोरले ६ स्वर्ण ३ रजत र १ कास्य सहित दोस्रो र महेन्द्ररत्न मावि बरंजाले ५ स्वर्ण, ४ रजत र ८ कास्यसहित तेस्रो स्थानमा चित्त बुझाएको छ । विजयी खेलाडी र विद्यालयलाई गाउँपालिका प्रमुख सतप्रसाद रोकाले पुरस्कार प्रदान गरे ।