कालीगण्डकीबाट घाईते वालकको उद्धार

३ फाल्गुन २०७६, शनिबार १९:५६ मा प्रकाशित (1 वर्ष अघि)
पुनहिल संवाददाता
जलजला गाउँपालिका, ३ पारीवेनी पर्वतमा जारी रेडियो दिदीवहिनी कुस्माले आयोजना गरेको महोत्वस हेर्न गएका एक बालकलाई कालीगण्डकीले बगाएकोमा प्रहरीले उद्धार गरेको छ । कालीगण्डकी नदी  किनारामा आयोजित महोत्सव हेर्न गएका म्याग्दीको धौलागिरी गाउँपालिका, १ गुर्जाका ९ बर्षिय शिशिर छन्त्याललाई नदीले बगाएको थियो । छन्त्याललाई स्थानियको सहयोगमा प्रहरीले १ सय मिटर तल पुर्‍याएपछि उद्धार गरिएको थियो । हातखुट्टा र ढाडमा चोटबाट घाईते बालकको बेनी अस्पतालमा उपचार भैरहेको पर्वत प्रहरीले जनाएको छ । नदी किनारामा आयोजित महोत्सवमा वना टिकट प्रवेश नदिईएको र छेउको कालीगण्डकी नदीमा र्‍याफ्टीङ समेत सञ्चालन गरिएकोले र्‍याफ्टिङ हेर्न नदी किनारमा पुगेका बालकलाई नदीले बगाएको हो ।