- Loading...
बेनी नगरपालिका राष्ट्रपति शिल्ड सुरु
- पुनहिल डट कम
- ५ साल अघि
- ३९९ पटक पढिएको

अन्यौल र किचलोका विच बेनी नगरपालिकामा पनि शुक्रवारदेखी दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता संञ्चालनमा कार्यविधीको विषयमा किचलो निक्लेपछि अन्यौलग्रस्त बेनी नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता राजनैतिक दलको हस्तक्षेपपछि पूर्वनिर्धारित समयमै सुचारु गर्न संभव भएको हो ।
प्रतियोगिताको गण्डकी प्रदेश सदस्य विनोद केसीले खुल्ला मञ्चमा एक समारोह विच उद्घाटन गरे । प्रतियोगितामा बेनी नगरपालिका क्षेत्रका २३ म्याग्दी क्याम्पस समेत माध्यामिक विद्यालय र वालमन्दीर आधारभुत विद्यालयगरी २४ विद्यालयको सहभागिता रहेको छ ।
राष्ट्रपति खेल प्रतियोगितामा सवै स्थानीय तहले छात्र/छात्रा तर्फको भलिवल, एथलेटिक्स, कवड्डी, ते क्वाण्डो, कराँते र उसु खेल समावेस गरिएको आयोजक बेनी नगरपालिकाले जनाएको छ ।
बेनी नगरपालिकाले प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्लाबाट राष्ट्रय खेल तथा अर्न्तराष्ट्रि खेल क्षेत्रमा योगदान पुर्याएका भलिवलका अरुणा शाही, कमला पुन, भारोत्तोलनकी तारादेवी पुन र उसुकी विन्दु पुनलाई जनही १५ हजार नगदसहित सम्मान गरेको छ ।
त्यसैविच बेनी नगरपालिका समेत सवै स्थानीय तहलाई विद्यालय स्तरीय खेल महोत्सव मानिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको चटारो छ । जिल्ला समवन्यय समितिले फागुन ७ र ८ गते सदरमुकाम बेनीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेकोले गाउँ/नगरपालिकालाई स्थानीय तहमा विद्यालय स्तरको प्रतियोगिता सम्पन्न गरी जिल्ला तहको प्रतियोगितामा सहभागी हुने टिम छनौट गर्नु पर्ने बाध्यता परेकोले चटारो भएको हो ।
मंगला र रघुगंगा गाउँपालिकामा विहिवारदेखी दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालन भैरहेका छन । अन्नपूर्ण गाउँपालिकाले शनिवारदेखी अन्तर माध्यामिक विद्यालय स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दे छन । मालिका गाउँपालिकाले दुई दिन अघि र दुर्गम धौलागिरी गाउँपालिकाले प्रतियोगिता सम्पन्न गरेका छन ।
जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन प्रत्यक स्थानीय तहको प्रर्तियोगिताका पहिलो र दोस्रो भएको टिमले मात्र सहभागीता जनाउन पाउने भएका छन ।
राष्ट्रपति खेल प्रतियोगितामा सवै स्थानीय तहले छात्र/छात्रा तर्फको भलिवल, एथलेटिक्स र कवड्डी खेल विधाका १५ खेलमा प्रर्तियोगिता गराएका छन । अङ्ढको आधारमा शिल्ड जित्ने भएकोले ते क्वाण्डो, कराँते र उसु तर्फका खेलले जिल्ला स्तिरिय राष्ट्रपति शिल्ड प्रतियोगितामा सदरमुकाम बाहिरका विद्यालयलाई शिल्ड हात पार्न मुस्किलि बनाउने छ । सदरमुकाम बाहिर यी खेल विद्यामा प्रतियोगिता नभएको र विद्यार्थी सहभागी नहुने भएकोले उनीहरुले स्वतः अङ्ढबाट वन्चित हुने छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
