- Loading...
जब प्रधानमन्त्रीले श्रीमतीलाई गुलाफको फूल दिए
- पुनहिल डट कम
- ५ साल अघि
- ३०० पटक पढिएको

प्रधानमन्त्री ! यस्तो पद जसमा रहनेले व्यक्तिगत जीवनलाई दिने समय सायदै पाउँछ।
देशको बागडोर सम्हाल्ने त्यो उच्च स्थानमा बसेका व्यक्तिले नीजि जीवनका लागि समय छुट्याउन मुश्किलले पाउँछन्।
यस्तो व्यस्त पदमा बसेर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी जीवन संगीनीप्रति माया देखाउन भने बिर्सेका छैनन्।
माथिको तस्वीरमा श्रीमती राधिका शाक्यलाई गुलाफको फूल दिएर प्रधानमन्त्री ओलीले व्यक्त गरेको माया देखिन्छ।
“हामी एक अर्कालाई कमै समय दिन पाउँछौँ”, प्रधानमन्त्री भन्छन्, “तर, पनि हामीबीचको माया प्रगाढ छ।”
“म १४ वर्ष जेल परेर निस्केको हुँ। क्षयरोग, अल्सरले थलिएको ज्यान हो। कुनै पनि बेला बिरामी हुनसक्छु। धनसम्पत्तिको नाममा केही छैन। मैले तिमीलाई एक छाक ख्वाउने जिम्मा लिन सक्दिनँ। कतिखेर मारिन्छु, पत्तो छैन। त्यसैले धेरै सोच्नै पर्दैन, कुरा क्लियर छ। सिङ्गो म छु अरु के सोच्नु ?”
प्रेमको महत्व प्रधानमन्त्रीले कहाँबाट बुझे? हरेकका यसमा आफ्नै कथा हुन्छन्। प्रधानमन्त्री ओलीले बुझेको प्रेमको शक्तिको प्रेरणा उनका माइला हजुरबा हुन्।
त्यसको पनि रोचक कारण छ। के भने उनका माइला हजुरबुवाले विवाह नगर्ने अठोट लिएका थिए। उनले ८० वर्षसम्म तपस्यामै विताए। उनका ज्ञानगुनका कुरा सुन्न गाउँले भेला हुन्थे। तर, उनी पनि प्रेमबाट अछुतो रहन सकेनन्।
कुटीमा आएकी एक बृद्धाको प्रेमले उनलाई फेरि पारिवारिक संसारमा फर्काएको थियो।
उनले गाउँलेबाट पाएको प्रतिष्ठा प्रेमकै लागि त्यागेर ती महिलासँग विवाह गरे।
त्यो घटना अहिले पनि ओलीको मस्तिष्कमा घुमिरहन्छ।
“प्रेम चिज नै त्यस्तो रहेछ”, ओली सम्झन्छन्, “उहाँले आलोचना सहेर पनि प्रेमको लागि सब त्याग्नुभयो। प्रेममा प्रष्ट रहनुभयो। सत्य बोल्नुभयो। त्यसैले उहाँको व्यक्तित्वबाट म निकै प्रभावित भएँ।”
माइला हजुरबुबाकै प्रेरणाले पनि हो, ओली निडर बनेको। उनको सिधा बोल्ने बानीले नै बिहे नगर्ने अडान लिएकी राधिकाको मन पग्लिएको थियो।
त्यो पहिलो भेट
ओली र राधिकाको पहिलो भेट साथीको बिहे पार्टीमा भएको थियो। पार्टी नेताहरु माधव नेपाल, प्रदीप नेपाललगायतले ओली र राधिकाको भेट गराउने बन्दोबस्त मिलाएका थिए।
त्यही साँझ ओली र राधिकाबिच संवाद भएको थियो। ओलीले विवाहको प्रस्ताव राखे। तर, राधिकाले प्रस्ताव स्वीकार नगरी सोच्नको लागि समय मागिन्।
तर, ओलीले प्रष्ट भनिदिए, “म १४ वर्ष जेल परेर निस्केको हुँ। क्षयरोग, अल्सरले थलिएको ज्यान हो। कुनै पनि बेला बिरामी हुनसक्छु। धनसम्पत्तिको नाममा केही छैन। मैले तिमीलाई एक छाक ख्वाउने जिम्मा लिन सक्दिनँ। कतिखेर मारिन्छु, पत्तो छैन। त्यसैले धेरै सोच्नै पर्दैन, कुरा क्लियर छ। सिङ्गो म छु अरु के सोच्नु ?”
हुन पनि ओलीको जीवन उतारचढावले भरिपूर्ण छ।
झापा काण्डमा उनले १४ वर्षको कठोर जेल जीवन गुजारे। त्यहीँ उनको स्वास्थ्य पनि बिग्रिन थालेको थियो। टिबि, अल्सर भयो। त्यसैले पनि उनले केही लुकाएनन् राधिकालाई।
ओलीको कुरा सुनेर राधिकाको मनमा के भयो कुन्नि, उनले ‘हुन्छ’ भनिदिइन्। “उहाँको सरलता र स्पष्ट बोल्ने बानी मलाई मन पर्यो,” राधिका भन्छिन्, “त्यसपछि मैले उहाँको प्रस्ताव स्वीकारेँ।”
१० फागुन २०४४ मा राधिका र केपी ओलीबीच प्रगतिशील विवाह भयो। पछि मात्र राधिकालाई माइतीपक्षले औपचारिक रुपमा टीकाटालो गरे।
राधिकाको प्रवेशसँगै केपी ओलीको जीवन एक लयमा हिंड्न थाल्यो।
“उहाँ देशको हितका लागि समर्पित हुनुभयो, म उहाँको लागि भएँ। मैले घर, उहाँको स्वास्थ्य सम्हालेँ,” राधिका भन्छिन्।
अहिले ओली ‘पार्टीका नेताबाट’ देशकै उच्च ओहदामा पुगेका छन्। प्रधानमन्त्री बनेका छन्। अरुलाई निर्देशन दिने हैसियत बनाएका छन्।
तर, उनी स्वयम् भने पत्नी राधिकाको ‘निर्देशन’ फलो गर्छन्। राधिकाले समयमा खाए नखाएको केयर गर्छिन्। समयमा सुत्न निर्देशन दिन्छिन्।
“मलाई राधिकाले नै समयमा बाधिँन सिकाइन्”, प्रधामन्त्री ओली भन्छन्, “नत्र मलाई समय व्यवस्थापन गर्नै आउँदैनथ्यो।”

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
