इतिहाँसको पानाबाट ः जनयुद्ध दिवस र म्याग्दी

२ फाल्गुन २०७६, शुक्रबार ०८:१२ मा प्रकाशित (7 महिना अघि)
पुनहिल संवाददाता

साविकका नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले विहिवार २५ औं जनयुद्ध दिवस विभिव कार्यक्रम सहित मनाएका छन । यसै सन्दर्भमा जनयुद्ध र म्याग्दीमा यसको विकासक्रम बारे एउटा रिपोर्टरको डायरीबाट इतिहाँसको पाना यहाँ राखेका छौं सम्पादक
चिनियाँ राज्य क्रान्तिका नायक क. माओत्सेतुङको ‘राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ’ दर्शनबाट प्रभावित भै ०५२ फागुन १ गतेदेखी नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले दक्षिण रोल्पाको होलरी प्रहरी चौकी, रुकुम र सिन्धुली जिल्लाका केही प्रहरी चौकीमा आक्रमणगरी शसस्त्र विद्रोह ‘जनयुद्ध’ शुरु गरे ।
रोल्पामा जन्मिएको योङ्ग कम्युनिष्ट लिग (वाईसिएल)मा आवद्ध युवालाई समेटेर बनाएका चार वटा लडाकु दस्ताबाट नै माओवादीले सैन्य तथा संगठनात्मक क्षमतामा विस्तार गरे ।
म्याग्दीमा शसस्त्र विद्रोह ‘जनयुद्ध’ थाल्दा माओवादी संगठन ज्यादै कमजोर थियो । तैपनि माओवादीले ०५२ फागुन मध्यतिर पुलाचौर गाविस–८ भिरमुनीका भीमबहादुर बानियाँको टौवामा आगो लगाएर र घतान गाविस–६ गलेश्वरका रुद्रबहादुर केसीको तरकारीबारीको खुर्सानी र काउली फाँडेर शसस्क्र विद्रोहको शुरु गरे ।
यही त्रममा माओवादीका कार्यकर्ता कुहुंका देवराज सुवेदीलाई नेपाली क्रान्तिका समस्या भन्ने पुस्तक र एक थान खुकुरी सहित ०५३ जेठ ५ गते ज्यामरुककोट गाविस–१ बगरफाँटमा केही राजावादीले समाई प्रहरीलाई बुझाए । उनी ०५३ जेठ २३ गते ९ हजार धरौटी बुझाएर छुटे । माओवादीका अर्का स्थानिय कार्यकर्ता गोविन्द पौडेललाई ०५२ साउन १४ गते प्रहरीले पक्राउगरी सार्वजनिक अपराध ऐन अर्न्तगत ६ महिना कैद तोक्यो । तर पौडेल पुनरावेदन अदालत बाग्लुङ्गको ०५३ असोज २१ गतेको आदेशबाट रिहा भए । यही बेला अर्का माओवादी कार्यकर्ता मीनबहादुर बानियाँलाई पनि सार्वजनिक अपराध ऐन अर्न्तगत पक्राउ गरियो र पुनरावेदन अदालतको आदेशबाट रिहा भए । ०५३/०५४ सालसम्म माओवादीको यस जिल्लमा गतिविधी न्यून र संगठन निक्कै सिथिल अवस्थामा थियो ।
माओवादीको दोस्रो योजना अर्न्तगत ०५५ फागुन १ गते जनयुद्धको चौथो वर्षगाँठ मनाउन माओवादीले सदरमुकाम स्थित विधुत प्राधिकरण र कृषी विकास वैंकमा पहिलो पटक विष्फोट गराए । र ०५५ साउन १३ गते सदरमुकाम बेनीमा रहेको रुची चलचित्र मन्दीर बेनीमा विष्फोट गराई ब्यक्तिगत सम्पत्तिमाथी र ०५५ मंशिर २६ गते बरंजा गाविस–२ का भीमबहादुर खड्कालाई सुराकीको आरोफमा दुवै खुट्टाको कुरकुच्चाको नसा काटेर ब्यक्ति आत्रमणको शुरुआत गरे । प्रहरी/प्रशासनले ०५५ साउन ९ गते सिङ्गा, बरंजा र बाबियाचौरका गरी १० जनालाई माओवादीको आरोपमा पक्राउगरी जिल्लामा प्रतिकार शुरु गर्‍यो ।
०५६ सालमा माओवादीको चौथो विस्तारित बैठकले ‘आधार ईलाका निर्माणको महान् बाटोमा अघि बढौ’ भन्ने नारा सहित रणनितिक प्रतिरक्षाको चरण शुरु गरे । ०५६ असोज ७ गते सिङ्गा गाविस–५ तातोपानीमा माओवादीले बमसहित टाँगेको तुल (एम्बुस) झिक्न लाग्दा प्रहरी जवान ओमप्रकाश कुंवरको मृत्यु भयो । म्याग्दीमा माओवादी विद्रोह (जनयुद्ध) शुरुभएपछि गराएको पहिलो हत्या थियो । यस क्रममा माओवादीले थप्रै घरेलु हतियारको निर्माण गरे । घरेलु हतियार निर्माण गर्न सक्रिय ज्यामरुककोट गाविस–५ का नरबहादुर विकको ०५७ साउन १७ गते विष्फोट भै मृत्यु भयो । माओवादीले जिल्लामा पहिलो पटक ०५७ असार १ गते बाबिचौरमा रहेको अस्थाई फ्रहरी चौकीमा आक्रमण गरे । आत्रमणमा केही प्रहरी घाईते भएभने माओवादीले तिन थान थ्रि नट थ्रि राईफल कब्जा गरे । माओवादीले जिल्लमा पहिलो पटक ०५६ माघ २८ गते सदरमुकाम बेनीबाट नेपाल शिक्षक संघका अध्यक्ष एवं नेपाली काँग्रेसका जिल्ला समिति सदस्य हरीकुमार श्रेष्ठलाई अपहरण गरे । फरक आस्था बोक्ने शिक्षकहरुलाई तर्साउन सदरमुकामबाट शिक्षक अपहरण गरिएको घट्नाले माओवादीको संगठन विस्तारमा ठुलो लाभ दियो । आफ्नो प्रभाव विस्तार गर्न, गाउँलेलाई तसाउन र पुंजी संकलन गर्न ०५६ र ०५७ सालभर माओवादीले विभिन्न ब्यक्तिलाई अपहरण गर्ने, कुट्ने तथा लुट्ने कामलाई तिव्र पारे ।
आफन्तको मलामी गएर फर्कने क्रममा बाबियाचौर गाविस–५ का विनोद केसीलाई ०५७ असार २४ गते साँझ माओवादीको आशंकामा सिङ्गा गाविस स्थित प्रहरी चौकीबाट गोली हानी हत्या गरियो । यो जिल्लामा राज्यबाट गराईएको पहिलो नागरिक हत्या थियो । सिङ्गा गाविस–५ तातोपानी घर भै महेन्द्ररत्न मावि बरंजामा कार्यरत नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य समेत रहेका लोकप्रिय शिक्षक मणीलाल शर्माको ०५९ कार्तिक १ गते हत्या गरे । लोकप्रिय शिक्षक र एमालेका जिल्ला कार्यकर्ता शर्माको हत्यापछि गाउँमा रहेका एमाले कार्यकर्ता पनि जाडो मौषममा सर्प माटो मुनी लुके झै चुपचाप बसे ।
राज्यसत्तामा भै रहेको अस्थिरता र एमाले–माले विभाजनपछि अन्यौलमा परेका र क्रान्तिकारीधार बोक्ने एमाले कार्यकर्ताको सहानुभूति बुटुल्दै माओवादीको आफ्mनो क्षमतामा दोब्बर विकास गरे । त्यही क्रममा माओवादीको आत्रमण, धम्की र क्षमताबढी चन्दा माग गरिएका धम्कीपूर्ण भाषामा पठाईएका पत्र आउन थालेपछि अधिकांश गाउँ छोडेर शहर पस्ने क्रम बढ्यो । वास्तवमा मलामी जाने युवाको समेत गाउँमा समस्या भयो । गाउँमा खुलेका निजी विद्यालय बन्द गरिए । गाउँ–गाउँका संञ्चार केन्द्र, सरकारी सेवाग्राही कार्यालयलाई आगो लगाउँदै ध्वस्त पारे ।
म्याग्दीमा माओवादी शसस्त्र विद्रोहलाई नदी/खोलाको आधारमा मुख्य तिन भागमा हेर्न सकिन्छ । कालीखोला भेगमा तुलनात्मक रुपमा माओवादीको कम प्रभाव र गतिविधी देखियो । विश्व प्रख्यात पर्यटकिय क्षेत्र घोरेपानी र तातोपानीमा रहेर माओवादीले पर्यटकसंग आर्थिक संकलन गरे । प्रभाव कम देखिएपनि ०५८ चैत १४ गते शिख गाविसमा एक किशोरी समेत ५ माओवादी कार्यकर्ताको सामुहिक हत्या भयो । माओवादीले संगठन निर्माणमा बाधक भएको भन्दै दोवाका पूर्व गाविस अध्यक्ष तथा एमाले कार्यकर्ता तुलप्रसाद पुर्जाको विभत्स हत्या गरे । बेनी–जोमसोम सडक निर्माण जिम्मा पाएको नेपाली सेनाको कालीप्रसाद गण (ई)ले समेत माओवादीको धम्कीपछि म्याग्दीतर्फःबाट भैरहेको सडक निर्माण स्थगित गर्दै मुस्ताङ्ग सर्‍यो । तर पनि पश्चिमी भेगको तुलनामा कालीगण्डकी भेगमा माओवादी गतिविधी न्युन नै भएको पाईन्छ । जिल्लाको मध्य क्षेत्रमा पर्ने रहुघाट भेगमा हिंसात्मक गतिविधी न्यून देखिएपनि माओवादीले पाखापानी, मालिकाको धुरी र चिमखोलालाई आधार मानेर सैन्य तािलम तथा राजनैतिक प्रशिक्षण गर्ने सुरक्षित सेल्टरको उपयोग गरे । जिल्लामा माओवादीको सवैभन्दा उर्वर थालोको रुपमा म्याग्दी नदीभेग देखियो । शसस्क्र द्वन्द्वको त्रममा भएका विभिन्न झडप, भिडन्त र प्रभावितहरुको तथ्याङ्ढले नै यस कुराको पुष्टी गर्छ । यो भेग शसस्त्र विद्रोहको उद्भव थलो रोल्पा, रुकुमसंग जोडिएकोले सामरिक अर्थ पनि राख्छ । माओवादीको दोस्रो सुरक्षा घेराभित्र पने यस भेगको दरवाङ्ग बजारलाई शसस्त्र विद्रोह कालमा माओवादीको सदरमुकाम मानिन्थ्यिो । माओवादीले आफ्नो प्रभाव विस्तार गर्न तातोपानीका एमालेका लोकप्रिय नेता मणीलाल शर्मा र दरवाङ्गमा नेपाली काँग्रेसका नेता शेरवहादुर शरचनको हत्या गरे । माओवादी गतिविधी रोक्ने नाममा राज्यले यस भेगमा खाद्यान्न नाकावन्दी समेत लगायो । खाद्यान्न लैजान रोक लागेपछि अधिकांश सर्वसाधारणले कालोवजारीबाट छिराईएको खाद्यान्नलाई महंगोमा उपभोग गर्न बाध्य भए । माओवादीले पनि विभिन्न स्थानमा सर्वसाधारणलाई चेक जाँच गर्ने लगाएतका सास्ती दिए ।

जनअन्दोलनको जग

तत्कालीन सात राजनीतिक दलहरू र माओवादी बीच भएको १२ बुँदे सहमतिका जगमा उभिएर भएको जनआन्दोलन २०६२–६३ को सफलता पछि तत्कालीन विद्रोही नेकपा माओवादी नेपाली राजनीतिको मुल प्रवाहमा आयो ।
जनयुद्धको जगमा उठेको जनआन्दोलन र जनआन्दोलनको वलमा विर्सजन भएको १० बर्षे जनयुद्ध पहिलो, दोस्रो संविधान सभाहुँदै संघिय, प्रदेश र स्थानीय तहको निर्वाचनहुँदै नेकपा एमाले र माओवादी केन्द्र एकता भै नेकपा बनेको छ । जनयुद्ध, जनआन्दोलन संविधान सभाबाट समाजवाद उन्मुख संविधान, पार्टी एकिकरणहुँदै नेपाली कम्युनिष्ट आन्दोलन र मुलुक परिवर्तनको दिशातर्फ अग्रसर बनेको छ ।