- Loading...
इतिहाँसको पानाबाट ः जनयुद्ध दिवस र म्याग्दी
- पुनहिल डट कम
- ५ साल अघि
- २५५ पटक पढिएको

साविकका नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले विहिवार २५ औं जनयुद्ध दिवस विभिव कार्यक्रम सहित मनाएका छन । यसै सन्दर्भमा जनयुद्ध र म्याग्दीमा यसको विकासक्रम बारे एउटा रिपोर्टरको डायरीबाट इतिहाँसको पाना यहाँ राखेका छौं । – सम्पादक
चिनियाँ राज्य क्रान्तिका नायक क. माओत्सेतुङको ‘राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ’ दर्शनबाट प्रभावित भै ०५२ फागुन १ गतेदेखी नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले दक्षिण रोल्पाको होलरी प्रहरी चौकी, रुकुम र सिन्धुली जिल्लाका केही प्रहरी चौकीमा आक्रमणगरी शसस्त्र विद्रोह ‘जनयुद्ध’ शुरु गरे ।
रोल्पामा जन्मिएको योङ्ग कम्युनिष्ट लिग (वाईसिएल)मा आवद्ध युवालाई समेटेर बनाएका चार वटा लडाकु दस्ताबाट नै माओवादीले सैन्य तथा संगठनात्मक क्षमतामा विस्तार गरे ।
म्याग्दीमा शसस्त्र विद्रोह ‘जनयुद्ध’ थाल्दा माओवादी संगठन ज्यादै कमजोर थियो । तैपनि माओवादीले ०५२ फागुन मध्यतिर पुलाचौर गाविस–८ भिरमुनीका भीमबहादुर बानियाँको टौवामा आगो लगाएर र घतान गाविस–६ गलेश्वरका रुद्रबहादुर केसीको तरकारीबारीको खुर्सानी र काउली फाँडेर शसस्क्र विद्रोहको शुरु गरे ।
यही त्रममा माओवादीका कार्यकर्ता कुहुंका देवराज सुवेदीलाई नेपाली क्रान्तिका समस्या भन्ने पुस्तक र एक थान खुकुरी सहित ०५३ जेठ ५ गते ज्यामरुककोट गाविस–१ बगरफाँटमा केही राजावादीले समाई प्रहरीलाई बुझाए । उनी ०५३ जेठ २३ गते ९ हजार धरौटी बुझाएर छुटे । माओवादीका अर्का स्थानिय कार्यकर्ता गोविन्द पौडेललाई ०५२ साउन १४ गते प्रहरीले पक्राउगरी सार्वजनिक अपराध ऐन अर्न्तगत ६ महिना कैद तोक्यो । तर पौडेल पुनरावेदन अदालत बाग्लुङ्गको ०५३ असोज २१ गतेको आदेशबाट रिहा भए । यही बेला अर्का माओवादी कार्यकर्ता मीनबहादुर बानियाँलाई पनि सार्वजनिक अपराध ऐन अर्न्तगत पक्राउ गरियो र पुनरावेदन अदालतको आदेशबाट रिहा भए । ०५३/०५४ सालसम्म माओवादीको यस जिल्लमा गतिविधी न्यून र संगठन निक्कै सिथिल अवस्थामा थियो ।
माओवादीको दोस्रो योजना अर्न्तगत ०५५ फागुन १ गते जनयुद्धको चौथो वर्षगाँठ मनाउन माओवादीले सदरमुकाम स्थित विधुत प्राधिकरण र कृषी विकास वैंकमा पहिलो पटक विष्फोट गराए । र ०५५ साउन १३ गते सदरमुकाम बेनीमा रहेको रुची चलचित्र मन्दीर बेनीमा विष्फोट गराई ब्यक्तिगत सम्पत्तिमाथी र ०५५ मंशिर २६ गते बरंजा गाविस–२ का भीमबहादुर खड्कालाई सुराकीको आरोफमा दुवै खुट्टाको कुरकुच्चाको नसा काटेर ब्यक्ति आत्रमणको शुरुआत गरे । प्रहरी/प्रशासनले ०५५ साउन ९ गते सिङ्गा, बरंजा र बाबियाचौरका गरी १० जनालाई माओवादीको आरोपमा पक्राउगरी जिल्लामा प्रतिकार शुरु गर्यो ।
०५६ सालमा माओवादीको चौथो विस्तारित बैठकले ‘आधार ईलाका निर्माणको महान् बाटोमा अघि बढौ’ भन्ने नारा सहित रणनितिक प्रतिरक्षाको चरण शुरु गरे । ०५६ असोज ७ गते सिङ्गा गाविस–५ तातोपानीमा माओवादीले बमसहित टाँगेको तुल (एम्बुस) झिक्न लाग्दा प्रहरी जवान ओमप्रकाश कुंवरको मृत्यु भयो । म्याग्दीमा माओवादी विद्रोह (जनयुद्ध) शुरुभएपछि गराएको पहिलो हत्या थियो । यस क्रममा माओवादीले थप्रै घरेलु हतियारको निर्माण गरे । घरेलु हतियार निर्माण गर्न सक्रिय ज्यामरुककोट गाविस–५ का नरबहादुर विकको ०५७ साउन १७ गते विष्फोट भै मृत्यु भयो । माओवादीले जिल्लामा पहिलो पटक ०५७ असार १ गते बाबिचौरमा रहेको अस्थाई फ्रहरी चौकीमा आक्रमण गरे । आत्रमणमा केही प्रहरी घाईते भएभने माओवादीले तिन थान थ्रि नट थ्रि राईफल कब्जा गरे । माओवादीले जिल्लमा पहिलो पटक ०५६ माघ २८ गते सदरमुकाम बेनीबाट नेपाल शिक्षक संघका अध्यक्ष एवं नेपाली काँग्रेसका जिल्ला समिति सदस्य हरीकुमार श्रेष्ठलाई अपहरण गरे । फरक आस्था बोक्ने शिक्षकहरुलाई तर्साउन सदरमुकामबाट शिक्षक अपहरण गरिएको घट्नाले माओवादीको संगठन विस्तारमा ठुलो लाभ दियो । आफ्नो प्रभाव विस्तार गर्न, गाउँलेलाई तसाउन र पुंजी संकलन गर्न ०५६ र ०५७ सालभर माओवादीले विभिन्न ब्यक्तिलाई अपहरण गर्ने, कुट्ने तथा लुट्ने कामलाई तिव्र पारे ।
आफन्तको मलामी गएर फर्कने क्रममा बाबियाचौर गाविस–५ का विनोद केसीलाई ०५७ असार २४ गते साँझ माओवादीको आशंकामा सिङ्गा गाविस स्थित प्रहरी चौकीबाट गोली हानी हत्या गरियो । यो जिल्लामा राज्यबाट गराईएको पहिलो नागरिक हत्या थियो । सिङ्गा गाविस–५ तातोपानी घर भै महेन्द्ररत्न मावि बरंजामा कार्यरत नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य समेत रहेका लोकप्रिय शिक्षक मणीलाल शर्माको ०५९ कार्तिक १ गते हत्या गरे । लोकप्रिय शिक्षक र एमालेका जिल्ला कार्यकर्ता शर्माको हत्यापछि गाउँमा रहेका एमाले कार्यकर्ता पनि जाडो मौषममा सर्प माटो मुनी लुके झै चुपचाप बसे ।
राज्यसत्तामा भै रहेको अस्थिरता र एमाले–माले विभाजनपछि अन्यौलमा परेका र क्रान्तिकारीधार बोक्ने एमाले कार्यकर्ताको सहानुभूति बुटुल्दै माओवादीको आफ्mनो क्षमतामा दोब्बर विकास गरे । त्यही क्रममा माओवादीको आत्रमण, धम्की र क्षमताबढी चन्दा माग गरिएका धम्कीपूर्ण भाषामा पठाईएका पत्र आउन थालेपछि अधिकांश गाउँ छोडेर शहर पस्ने क्रम बढ्यो । वास्तवमा मलामी जाने युवाको समेत गाउँमा समस्या भयो । गाउँमा खुलेका निजी विद्यालय बन्द गरिए । गाउँ–गाउँका संञ्चार केन्द्र, सरकारी सेवाग्राही कार्यालयलाई आगो लगाउँदै ध्वस्त पारे ।
म्याग्दीमा माओवादी शसस्त्र विद्रोहलाई नदी/खोलाको आधारमा मुख्य तिन भागमा हेर्न सकिन्छ । कालीखोला भेगमा तुलनात्मक रुपमा माओवादीको कम प्रभाव र गतिविधी देखियो । विश्व प्रख्यात पर्यटकिय क्षेत्र घोरेपानी र तातोपानीमा रहेर माओवादीले पर्यटकसंग आर्थिक संकलन गरे । प्रभाव कम देखिएपनि ०५८ चैत १४ गते शिख गाविसमा एक किशोरी समेत ५ माओवादी कार्यकर्ताको सामुहिक हत्या भयो । माओवादीले संगठन निर्माणमा बाधक भएको भन्दै दोवाका पूर्व गाविस अध्यक्ष तथा एमाले कार्यकर्ता तुलप्रसाद पुर्जाको विभत्स हत्या गरे । बेनी–जोमसोम सडक निर्माण जिम्मा पाएको नेपाली सेनाको कालीप्रसाद गण (ई)ले समेत माओवादीको धम्कीपछि म्याग्दीतर्फःबाट भैरहेको सडक निर्माण स्थगित गर्दै मुस्ताङ्ग सर्यो । तर पनि पश्चिमी भेगको तुलनामा कालीगण्डकी भेगमा माओवादी गतिविधी न्युन नै भएको पाईन्छ । जिल्लाको मध्य क्षेत्रमा पर्ने रहुघाट भेगमा हिंसात्मक गतिविधी न्यून देखिएपनि माओवादीले पाखापानी, मालिकाको धुरी र चिमखोलालाई आधार मानेर सैन्य तािलम तथा राजनैतिक प्रशिक्षण गर्ने सुरक्षित सेल्टरको उपयोग गरे । जिल्लामा माओवादीको सवैभन्दा उर्वर थालोको रुपमा म्याग्दी नदीभेग देखियो । शसस्क्र द्वन्द्वको त्रममा भएका विभिन्न झडप, भिडन्त र प्रभावितहरुको तथ्याङ्ढले नै यस कुराको पुष्टी गर्छ । यो भेग शसस्त्र विद्रोहको उद्भव थलो रोल्पा, रुकुमसंग जोडिएकोले सामरिक अर्थ पनि राख्छ । माओवादीको दोस्रो सुरक्षा घेराभित्र पने यस भेगको दरवाङ्ग बजारलाई शसस्त्र विद्रोह कालमा माओवादीको सदरमुकाम मानिन्थ्यिो । माओवादीले आफ्नो प्रभाव विस्तार गर्न तातोपानीका एमालेका लोकप्रिय नेता मणीलाल शर्मा र दरवाङ्गमा नेपाली काँग्रेसका नेता शेरवहादुर शरचनको हत्या गरे । माओवादी गतिविधी रोक्ने नाममा राज्यले यस भेगमा खाद्यान्न नाकावन्दी समेत लगायो । खाद्यान्न लैजान रोक लागेपछि अधिकांश सर्वसाधारणले कालोवजारीबाट छिराईएको खाद्यान्नलाई महंगोमा उपभोग गर्न बाध्य भए । माओवादीले पनि विभिन्न स्थानमा सर्वसाधारणलाई चेक जाँच गर्ने लगाएतका सास्ती दिए ।
जनअन्दोलनको जग
तत्कालीन सात राजनीतिक दलहरू र माओवादी बीच भएको १२ बुँदे सहमतिका जगमा उभिएर भएको जनआन्दोलन २०६२–६३ को सफलता पछि तत्कालीन विद्रोही नेकपा माओवादी नेपाली राजनीतिको मुल प्रवाहमा आयो ।
जनयुद्धको जगमा उठेको जनआन्दोलन र जनआन्दोलनको वलमा विर्सजन भएको १० बर्षे जनयुद्ध पहिलो, दोस्रो संविधान सभाहुँदै संघिय, प्रदेश र स्थानीय तहको निर्वाचनहुँदै नेकपा एमाले र माओवादी केन्द्र एकता भै नेकपा बनेको छ । जनयुद्ध, जनआन्दोलन संविधान सभाबाट समाजवाद उन्मुख संविधान, पार्टी एकिकरणहुँदै नेपाली कम्युनिष्ट आन्दोलन र मुलुक परिवर्तनको दिशातर्फ अग्रसर बनेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
