FLASH NEWS
  • Loading...

बेनी नगरपालिका राष्ट्रपति शिल्ड सुरु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३०५ पटक पढिएको
बेनी नगरपालिका राष्ट्रपति शिल्ड सुरु

अन्यौल र किचलोका विच बेनी नगरपालिकामा पनि शुक्रवारदेखी दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता संञ्चालनमा कार्यविधीको विषयमा किचलो निक्लेपछि अन्यौलग्रस्त बेनी नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता राजनैतिक दलको हस्तक्षेपपछि पूर्वनिर्धारित समयमै सुचारु गर्न संभव भएको हो ।

प्रतियोगिताको गण्डकी प्रदेश सदस्य विनोद केसीले खुल्ला मञ्चमा एक समारोह विच उद्घाटन गरे । प्रतियोगितामा बेनी नगरपालिका क्षेत्रका २३ म्याग्दी क्याम्पस समेत माध्यामिक विद्यालय र वालमन्दीर आधारभुत विद्यालयगरी २४ विद्यालयको सहभागिता रहेको छ ।

राष्ट्रपति खेल प्रतियोगितामा सवै स्थानीय तहले छात्र/छात्रा तर्फको भलिवल, एथलेटिक्स,  कवड्डी, ते क्वाण्डो, कराँते र उसु खेल समावेस गरिएको आयोजक बेनी नगरपालिकाले जनाएको छ ।

बेनी नगरपालिकाले प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्लाबाट राष्ट्रय खेल तथा अर्न्तराष्ट्रि खेल क्षेत्रमा योगदान पुर्‍याएका भलिवलका अरुणा शाही, कमला पुन, भारोत्तोलनकी तारादेवी पुन र उसुकी विन्दु पुनलाई जनही १५ हजार नगदसहित सम्मान गरेको छ ।

त्यसैविच बेनी नगरपालिका समेत सवै स्थानीय तहलाई विद्यालय स्तरीय खेल महोत्सव मानिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको चटारो छ । जिल्ला समवन्यय समितिले फागुन ७ र ८ गते सदरमुकाम बेनीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेकोले गाउँ/नगरपालिकालाई स्थानीय तहमा विद्यालय स्तरको प्रतियोगिता सम्पन्न गरी जिल्ला तहको प्रतियोगितामा सहभागी हुने टिम छनौट गर्नु पर्ने बाध्यता परेकोले चटारो भएको हो ।

मंगला र रघुगंगा गाउँपालिकामा विहिवारदेखी दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संञ्चालन भैरहेका छन । अन्नपूर्ण गाउँपालिकाले शनिवारदेखी अन्तर माध्यामिक विद्यालय स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दे छन । मालिका गाउँपालिकाले दुई दिन अघि र दुर्गम धौलागिरी गाउँपालिकाले प्रतियोगिता सम्पन्न गरेका छन ।

जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन प्रत्यक स्थानीय तहको प्रर्तियोगिताका पहिलो र दोस्रो भएको टिमले मात्र सहभागीता जनाउन पाउने भएका छन ।

राष्ट्रपति खेल प्रतियोगितामा सवै स्थानीय तहले छात्र/छात्रा तर्फको भलिवल, एथलेटिक्स र कवड्डी खेल विधाका १५ खेलमा प्रर्तियोगिता गराएका छन । अङ्ढको आधारमा शिल्ड जित्ने भएकोले ते क्वाण्डो, कराँते र उसु तर्फका खेलले जिल्ला स्तिरिय राष्ट्रपति शिल्ड प्रतियोगितामा सदरमुकाम बाहिरका विद्यालयलाई शिल्ड हात पार्न मुस्किलि बनाउने छ । सदरमुकाम बाहिर यी खेल विद्यामा प्रतियोगिता नभएको र विद्यार्थी सहभागी नहुने भएकोले उनीहरुले स्वतः अङ्ढबाट वन्चित हुने छन ।