लाज छोप्न पर्खाल लगाइएको भन्दै सामाजिक सञ्जाललगायतमा सरकारी कदमको चौतर्फी आलोचनासमेत भएको छ । सरकारका वरिष्ठ अधिकारीले भने सुकुम्बासी क्षेत्रलाई छोप्न नभई सुरक्षाका कारणले पर्खाल लगाउन थालिएको जिकिर गरेका छन् । उच्चस्तरीय विदेशी पाहुना आउँदा सहरलाई ‘सुन्दर र सफा’ देखाउने अभियानको एक हिस्साअन्तर्गत पर्खाल निर्माण गरिएको उनीहरूले स्विकारेका छन् । जेजस्तो कारण दाबी गरिए पनि ४०० मिटर लम्बाइ र सात फिट उचाइको पर्खालले अनुमानित ८०० परिवार रहेको बस्तीलाई ट्रम्पको नजरबाट लुकाउनेछ ।
दुई देशबीच व्यापारसम्बन्धी केही खटपट चलिरहेकै बेला ट्रम्प भारत आउन लागेका हुन् । राष्ट्रपतीय निर्वाचनको अभियानमा रहेका ट्रम्पले भारत भ्रमण गरेर अमेरिका बस्ने भारतीय मूलका अमेरिकी नागरिकको सहानुभूति प्राप्त गर्न खोजेको हुनसक्ने राजनीतिक विश्लेषक बताउँछन् ।