मंगला र रघुगंगामा राष्ट्रपति शिल्ड सुरु

१ फाल्गुन २०७६, बिहीबार १८:३० मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

रघुगंगा र मंगला गाउँपालिकामा छुट्टाछुट्टै विद्यालय स्तरीय खेल महोत्सव मानिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहिवारदेखी सुरु भएको छ ।
रघुगंगा गाउँपालिका, ३ पिप्ले स्थित रघुगंगा माध्यामिक विद्यालयमा आयोजित दोस्रो रघुगंगा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले एक समारोह विच उद्घाटन गरे ।

प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयका खेलाडीले छात्र/छात्रा तर्फको भलिवल तथा एथलेटिक्स तर्फका खेलमा प्रतिस्पर्धा गर्दैछन । समय अभवाको कारण देखाएर रघुगंगाले कवड्डी तर्फका खेल प्रतियोगिता गराएको छैन ।
प्रतियोगिताको उद्घाटन खेलमा एथलेटिक्स तर्फको १५ सय मिटर छात्र तर्फ रघुगंगा माविका समिर राना पहिलो, मुक्तिधाम माविका मनोज वरुवाल दोस्रो र रितुङ मावि घ्यासीखर्कका मिलन छन्त्याल तेस्रो भए । छात्रा तर्फ ज्ञानोदय मावि मौवाफाँकी निशा रिजाल पहिलो, रितुङ मविकी हरिमायाँ छन्त्याल दोस्रो र मुक्तिधाम माविकी लिलाकुमारी केसी तेस्रो भए । विजयी खेलाडीलाई प्रमुख अतिथि विनोद केसी, गाउँपालिका प्रमुख भवबहादुर भण्डारी र प्रशासकीय अधिकृत दीपक रेग्मीले पुरस्कार प्रदान गरे ।
‘हामी भब्य र सभ्य शैलीमा रघुगंगा गाउँपालिका स्तरिय राष्ट्रपति शिल्ड प्रतियोगिता संञ्चालन गर्न सक्षम छौं । टाढाबाट प्रतियोगितामा सहभागी खेलाडीको ब्यवस्थापन ख्याल पुर्‍याएका छौं’ प्रतियोगिता संञ्चालन भएको रघुगंगा माध्यामिक विद्यालयका प्रध्यानअध्यापक रमेश सिं ठकुरीले भने, ‘प्रतियोगिताको मुल आयोजक गाउँपालिका भएपनि सभ्य र भब्य रुपमा सम्पन्न गर्नु पर्ने नैतिक दायित्व विद्यालयको हो, सोही अनुसार जुटेका छौं ।’

त्यसैगरी मंगला गाउँपालिकाको सहश्रधारा स्थित मालिका जनहित वोर्डिङ स्कुलमा सुरु भएको छ । दोस्रो मंगला राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको विहिवार जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर केसीले उद्घाटन गरे ।
प्रतियोगितामा गाउँपालिका भित्रका ९ माध्यामिक विद्यालयका छात्र/छात्रा तर्फको भलिवल, एथलेटिक्स र कवड्डी तर्फका खेलमा प्रतिस्पर्धा गर्दैछन । एथलेटिक्स तर्फका खेल मालिका जनहित वोर्डिङ सहश्रधारामा र भलिवल प्रतियोगिता मंगला मावि बाबियाचौरमा संञ्चालन भएको छ ।
बेनी नगरपालिकाले फागुन २ गते र अन्नपूर्ण गाउँपालिकाले फागुन ३ गतेदेखी आ–आफ्ना गाउँ/नगरपालिकामा अन्तर माध्यामिक विद्यालय स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दे छन । कार्यविधीको विषयलाई लिएर विवाद उत्पन्न भै स्थगितको जोखिममा फसेको बेनी नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता राजनैतिक दलको हस्तक्षेप र विद्यालयको दवावापछि शुक्रवारदेखी नै संञ्चालन गर्न सहमत भएको हो ।
जिल्ला समवन्यय समितिका संयोजकत्वमा अगामी फागुन ७ र ८ गते बेनीमा जिल्ला स्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता आयोजना गर्ने मितीतय भएपछि गाउँ/नगरपालिकालाई हतारमा प्रतियोगिा सम्पन्न गरी सहभागी विद्यार्थी छनौट गर्नु पर्ने चटारो परेको हो ।
राष्ट्रपति खेल प्रतियोगितामा सवै स्थानीय तहले छात्र/छात्रा तर्फको भलिवल, एथलेटिक्स र कवड्डी खेल विधाका १५ खेलमा प्रर्तियोगिता गराएका छन/गराउने भएका छन । बेनी नगरपालिका दोस्रो राष्ट्रपति शिल्ड प्रतियोगितामा भने भलिवल, कवड्डी, एथलेटिक्सबाहेक ते क्वाण्डो, कराँते र उसु खेललाई समेत समावेश गर्ने भएको छ ।
अङ्ढको आधारमा शिल्ड जित्ने भएकोले ते क्वाण्डो, कराँते र उसु तर्फका खेलले जिल्ला स्तिरिय राष्ट्रपति शिल्ड प्रतियोगितामा सदरमुकाम बाहिरका विद्यालयलाई शिल्ड हात पार्न मुस्किलि बनाउने छ । सदरमुकाम बाहिर यी खेल विद्यामा प्रतियोगिता नभएको र विद्यार्थी सहभागी नहुने भएकोले उनीहरुले स्वतः अङ्ढबाट वन्चित हुने छन ।