FLASH NEWS
  • Loading...

कोरोना संक्रमणको आशंका गरिएका विदेशी टेकु अस्पतालबाट भागे

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१९ पटक पढिएको
कोरोना संक्रमणको आशंका गरिएका विदेशी टेकु अस्पतालबाट भागे

कोरोनाका एक शंकास्पद बिरामी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्र श्रेष्ठले चीनलाई ट्रान्जिट बनाएर आएका साउदी अरबका नागरिक अस्पतालमा भर्ना हुन नचाही भागेको बताए। रुघा र ज्वरो आएपछि उनी केहि दिनअघि कोरोनाको आशंकामा स्वास्थ्य परीक्षण गराउन अस्पताल पुगेका थिए।

‘चेकजाँचका क्रममा उनलाई कोरोनाको आशंका भएपछि भर्ना गर्नु पर्छ भनिएको थियो तर उनी भर्ना नभइ त्यहाँबाट भागे,’ प्रवक्ता श्रेष्ठले बताए, ‘उनी भर्ना हुन चाहेनन्, हामीले पुलिस लगाउन पनि सकिएन।’ फारसी बोल्ने भएकाले भाषामा पनि समस्या भएको श्रेष्ठले बताए।

ती शंकास्पदको खोजी भइरहेको तर फोन नम्बर नभएकाले खोजी गर्न समस्या भएको पनि उनले बताए। उनले सरकारले स‌ंक्रामक ऐन २०२० जारी गरेको बताउँदै सो ऐनले तोकिएको ठाउँमा बस्न नमानेको खण्डमा सजायको व्यवस्था रहेको जानकारी गराए।

टेकु सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले सोमबार राति दुई अरबी नागरिक जाँच गर्न अस्पताल आएको बताए। ‘एकजनामा शंका लागेर भर्ना गरियो। तर, उनको रिपोर्ट नेगेटिभ देखिएपछि उनलाई हिजै डिस्चार्ज गरिसकियो। उनीसँगै आएका अर्कालाई पनि भर्ना गर्न खोज्दा नमानी गए,’ उनले भने। भर्ना हुन नमानेका साउदी नागरिक पनि चीनको ट्रान्जिट हुँदै नेपाल आएका हुन्। ‘उनले आफूलाई केही नभएको भन्दै अस्पताल बस्न मानेनन्,’ प्रवक्ता बास्तोलाले भने।

मन्त्रालयका प्रवक्ता श्रेष्ठले अहिलेसम्म कोरोनाको आशंकामा २० जनाको परीक्षण गरिएकोमा एकजनामा मात्रै पुष्टि भएको बताए। हाल टेकु अस्पतालमा तीनजना शंकास्पद विरामीलाई आइसोलेसन वार्डमा राखिएको पनि उनले जानकारी दिए।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल