FLASH NEWS
  • Loading...

सिडिओलाई खुकुरी देखाउने युवा पक्राउ

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७१ पटक पढिएको
सिडिओलाई खुकुरी देखाउने युवा पक्राउ

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई खुकुरी देखाएर धम्क्याउन खोजेको आरोपमा प्रहरीले रघुगंगा गाउँपालिका, ३ पिप्लेका रमेश गुरुङ्गलाई पक्राउ गरेको छ ।
स्थानयि र निर्माणाधिन राहुघाट जलविधुत आयोजना विचको विवाद सुल्झाउन सोमबार पिप्ले पुगेका सिडिओ ढकाललाई छलफल कार्यक्रमका विच साँझ ५ बजेतिर बाहिर बोलाई अपशब्द बोलेका गुरुङ्गलाई प्रहरीले खुकुरी सहित तत्काल पक्राउ गरेको थियो ।
गुरुङ्ग तत्काल पक्राउ परेपनि मंगलवार मात्र प्रहरी घट्ना स्थल पुगी वडाध्यक्ष समेत प्रत्यक्षदर्शी समेत रोहवरमा राखेर घट्ना मुचुल्का तयार पारेको छ । गुरुङ्गलाई प्रहरीले मंगलवार अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान सुरु गरेको छ ।
निर्माणाधिन राहुघाट जलविधुत आयोजनाले सुरुङ्ग निर्माण क्रममा प्रयोग गरिएको विष्फोटनले घर लगाएतका संरचनामा क्षति पुगेको भन्दै स्थानीयले आईतवारदेखी आयोजनाको कार्यालयमा ताला लगाई काममा अवरोध गरेका थिए । आयोजनाको कामबाट असन्तुष्ट सयौं पिप्लेबासी सोमबार क्षतिपूर्ति समेतको माग राख्दै आक्रोसित थिए ।
प्रमुख जिल्ला अधिकारीको रोहवरमा वडा कार्यालयमा स्थानीय, आयोजना, गाउँपालिका समेतको छलफल कार्यक्रममा वोल्दै सिडिओ ज्ञवालीले ‘आयोजनाको कार्यालय बन्द र आयोजनाको काम अवरोध पुर्‍याएर समस्या समाधान नहुने भएकोले ताला खोलेर, अवरोध हटाई आयोजनाको काम सुचारु गर्न र आपसी छलफलबाट निकास निकाल्न प्रजिअ ढकालले दिएको सुझावमा गुरुङ्गले असन्तुष्टी जनाउन खोजेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल