Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

१५ वर्षीया बालिकामाथि चार महीनादेखि लगातार यौन शोषण

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०५ पटक पढिएको
१५ वर्षीया बालिकामाथि चार महीनादेखि लगातार यौन शोषण

कपिलवस्तुकी १५ वर्षीया बालिका कपिलवस्तु नगरपालिका–१, नयाँ टोलमा रहेको एक सुर्ती उद्योगमा काम गर्थिन्। तौलिहवामा बसोबास गर्ने ५० वर्षीय अर्जुन श्रेष्ठले सञ्चालन गर्दै आएको उक्त उद्योगमा ती बालिकालाई सुर्ती प्याकिङ गर्ने काममा लगाइएको थियो।
एक वर्षदेखि त्यहाँ कार्यरत ती बालिका उद्योगमै बस्थिन्। चार महीनायता आफ्नो घरमा खाना पकाउनेलगायतका घरायसी काममा समेत लगाइरहेका श्रेष्ठले त्यसयता उनलाई निरन्तर यौन शोषण गर्दै आइरहेको आरोप लागेको छ।
कपिलवस्तु प्रहरीका अनुसार श्रेष्ठले कसैलाई भनेमा ज्यान लिने धम्की दिँदै ती बालिकालाई निरन्तर यौन शोषण गर्दै आएका थिए।
लगातारको शोषणबाट आजित बनेकी बालिका एक दिन घरबाहिर निस्केका बेला ‘आफन्त नेपाल’ नामको संस्थाको सम्पर्कमा पुगिन्। श्रेष्ठको अत्याचारबारे त्यतिञ्जेल कसैलाई नभनेकी उनले ‘आफन्त नेपाल’का पदाधिकारीलाई भने आफूमाथि भइरहेको यौन शोषणबारे सबै कुरा बताइन्।
२३ माघमा ‘आफन्त नेपाल’कै सहयोगमा छोरीलाई निरन्तर यौन शोषण गर्दै आएका श्रेष्ठविरुद्ध बालिकाका बुबाले कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी कसुरअन्तर्गत जाहेरी दिए। “जाहेरी आएकै दिन कपिलवस्तु जिल्ला अदालतबाट श्रेष्ठलाई पक्राउ पुर्जी जारी गर्न अनुमति लियौं”, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक रमेश विष्टले भने।
बालिकाले प्रहरी कार्यालयमा जाहेरी दिएको र त्यसपछि अदालतसँग अनुमति लिएर प्रहरीले पक्राउ गर्दैछ भन्ने सूचना पाएपछि श्रेष्ठ भने फरार भएका छन्। उनी भारतमा लुकेको हुन सक्ने प्रहरीको आशंका छ।
प्रहरीले जाहेरी परेपछि कपिलवस्तु जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गरेको थियो। अहिले बालिका परिवारको संरक्षणमा छिन्।
बुटवलनिवासी श्रेष्ठ आफूलाई ‘पत्रकार’ भनेर चिनाउँथे। उनी कहिले भैरहवा त कहिले तौलिहवा बस्थे। कपिलवस्तुका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपशमशेर राणाले श्रेष्ठविरुद्ध जबर्जस्ती करणी कसूरमा अनुसन्धान भइरहेको बताए।
“पछिल्लो पटक बालिकाको हातखुट्टा खाटमा बाँधेर, मुखमा मोजा कोचेर बलात्कार गरेको पाइएको छ”, एसपी राणाले भने, “पक्राउ पुर्जी जारी भएसँगै आरोपी फरार भएको छ, हामीले खोजी जारी राखेका छ ।

देखापढी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल