आज:  | Sat, 25, Jun, 2022

सिडिओलाई खुकुरी देखाउने युवा पक्राउ

२८ माघ २०७६, मंगलवार २१:०७ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई खुकुरी देखाएर धम्क्याउन खोजेको आरोपमा प्रहरीले रघुगंगा गाउँपालिका, ३ पिप्लेका रमेश गुरुङ्गलाई पक्राउ गरेको छ । स्थानयि र निर्माणाधिन राहुघाट जलविधुत आयोजना विचको विवाद सुल्झाउन सोमबार पिप्ले पुगेका सिडिओ ढकाललाई छलफल कार्यक्रमका विच साँझ ५ बजेतिर बाहिर बोलाई अपशब्द बोलेका गुरुङ्गलाई प्रहरीले खुकुरी सहित तत्काल पक्राउ गरेको थियो । गुरुङ्ग तत्काल पक्राउ परेपनि मंगलवार मात्र प्रहरी घट्ना स्थल पुगी वडाध्यक्ष समेत प्रत्यक्षदर्शी समेत रोहवरमा राखेर घट्ना मुचुल्का तयार पारेको छ । गुरुङ्गलाई प्रहरीले मंगलवार अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान सुरु गरेको छ । निर्माणाधिन राहुघाट जलविधुत आयोजनाले सुरुङ्ग निर्माण क्रममा प्रयोग गरिएको विष्फोटनले घर लगाएतका संरचनामा क्षति पुगेको भन्दै स्थानीयले आईतवारदेखी आयोजनाको कार्यालयमा ताला लगाई काममा अवरोध गरेका थिए । आयोजनाको कामबाट असन्तुष्ट सयौं पिप्लेबासी सोमबार क्षतिपूर्ति समेतको माग राख्दै आक्रोसित थिए । प्रमुख जिल्ला अधिकारीको रोहवरमा वडा कार्यालयमा स्थानीय, आयोजना, गाउँपालिका समेतको छलफल कार्यक्रममा वोल्दै सिडिओ ज्ञवालीले ‘आयोजनाको कार्यालय बन्द र आयोजनाको काम अवरोध पुर्‍याएर समस्या समाधान नहुने भएकोले ताला खोलेर, अवरोध हटाई आयोजनाको काम सुचारु गर्न र आपसी छलफलबाट निकास निकाल्न प्रजिअ ढकालले दिएको सुझावमा गुरुङ्गले असन्तुष्टी जनाउन खोजेका थिए ।